बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा तीन तहमा मतदानस्थल वर्गीकरण

शुक्रबार, २५ चैत २०७८, १० : ४७
शुक्रबार, २५ चैत २०७८

जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको बताए । समितिको बैठकले ३१ स्थललाई अतिसंवेदनशील, ८२ स्थललाई संवेदनशील र ४८ स्थललाई सामान्य रूपमा लिइएको छ । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार निर्वाचन स्थलको निरीक्षणपछि सो सङ्ख्यामा वर्गीकरण गरिएको हो । अघिल्ला निर्वाचनमा भएका घटनाका आधारमा स्थलको वर्गीकरण गरिएको हो ।

जिल्लाका सात पालिकामा ४५१ मतदान केन्द्र रहेका छन् । केन्द्रमा निर्वाचनका लागि दुई हजार २५५ कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाउने छ भने प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

उनका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको छ । यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा आगामी वैशाख ३ र ४ गते अधिकृतहरूलाई तालिम दिइने छ । वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप