नेपालको अर्थतन्त्रलाई श्रीलंका बनाउने सपना पूरा हुँदैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्ने दाबी गरे । साथै उनले नेपालको अर्थतन्त्र सुधारका लागि भइरहेको चिन्तालाई सलाम गर्नसक्नुपर्ने बताए ।
‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस्’, अर्थमन्त्री शर्माको भनाइ छ । उनले तुलना हुनै नसक्ने कुरामा तुलना गरेर आम जनतालाई आतंकित पार्ने काम भइरहेकोमा असन्तुष्टि जनाए । ‘तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम एक थरीले गरेका छन् त्यो गलत छ, त्यसको खण्डन गर्नुपर्छ’, शर्माले भने, ‘अर्थतन्त्रमा फेरि समस्याहरु छन् त्यो हामीले पनि भनिरहेका छौ । त्यसलाई बदल्नुपर्छ । तर कतिपयलाई रहर छ श्रीलंका बनाउने । तिनको सपना पुरा हुदैन ।’
उनले अर्थतन्त्रबारे दुई तरिकाबाट टिप्पणी भइरहेको र एकाथरीले श्रीलंकाकै हालतमा पुर्याउनुपर्छ भनिरहेकोमा त्यसको विरोध गर्नुपर्ने बताए । ‘सुधार्नुपर्छ भनेर चिन्ता व्यक्त भएका पनि छन् यो चिन्ता गर्नेलाई सलाम गर्नुपर्छ । त्यसकारण यहाँ श्रीलंका हुनसक्दैन । नेपाललाई श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गरौ’, मन्त्री शर्माको अपिल छ । उनले अर्थतन्त्र सुधारका लागि बहस गर्न आवस्यक रहेको पनि बताए ।
मन्त्री शर्माले नेपालमा डलर सिञ्चिति साढे ६ महिनाका लागि रहेको भन्दै योबाट तल झर्न नदिने बताउदै विलासिताका सामानहरु आयातमा घटाउनुपर्ने बताए । साथै उनले स्वदेशी उत्पादन आलु स्याउ जस्ता सामग्री आयात नगर्दा पनि हुने तर त्यसतर्फ ध्यान नदिएको तर्फ ध्यान जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते, महासंघले आकस्मिक बैठक बोलायो
-
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
-
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
-
भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
-
अशान्त बन्यो शिक्षक आन्दोलन, तस्बिरहरू