अष्ट्रेलियाद्वारा युक्रेनलाई १४.२ करोड डलरको मद्दतको बचन, पठायो बख्तरबन्द वाहन
अष्ट्रेलियाले युक्रेनलाई तीन बख्तरबन्द सैनिक ट्रक पठाएको छ । अघिल्लो हप्ता वोलोदिमिर जेलेन्स्कीको आग्रहमा अष्ट्रेलियाले युक्रेनलाई यस्ता २० ट्रक दिने बचन दिएको थियो ।
अष्ट्रेलियाबाट पठाइएको यो वाहनको प्रयोगले सैनिक र नागरिकलाई युद्ध क्षेत्रमा एकदेखि अर्को स्थानमा लैजान सकिनेछ । यद्यपि, यसलाई हमला गर्नका लागि भने प्रयोग गर्न सकिँदैन ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अघिल्लो हप्ता अष्ट्रेलियाको संसदलाई भिडियो कन्फ्रेन्सिङमार्फत् सम्बोधन गरेका थिए । अष्ट्रेलिया २० औँ यस्तो देश हो जोसँग जेलेन्स्कीले कुरा गरेका छन् ।
अष्ट्रेलियाले युक्रेनलाई १४.२ करोड डलरको सैन्य र मानवीय सहायता दिने बचन दिएको छ । यसका साथै अष्ट्रेलियाले रुसका थुप्रै चर्चित हस्ती र तेल आयातमाथि प्रतिबन्ध लगाएको छ ।
अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अघिल्लो हप्ता जेलेन्स्कीको बयानपछि भनेका थिए, ‘राष्ट्रपति जेलेन्स्की, अष्ट्रेलिया जीवनको युद्धमा युक्रेनसँग खडा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी