श्रीलंकाले परिस्थिति सम्हाल्न आईएमएफसँग ऋण माग्ने

गम्भीर आर्थिक संकटबाट जुझिरहेको श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा माग्ने भएको छ । यसका साथै श्रीलंकाले एसियाली विकास बैंक र विश्व बैंकसँग पनि कर्जा लिने तयारी गरिरहेको छ । आईएमएफसँग यस बारेमा कुरा गर्न वित्तीय विशेषज्ञको ३ सदस्यीय सल्लाहकार समिति बनाइएको छ ।
यो कमिटीले सेन्ट्रल बैंक अफ श्रीलंकाका पूर्व गभर्नर इन्द्रजीत कुमारस्वामीलाई समावेश गरेको छ । कमिटीले कर्जा संकटलाई हटाउन उपायको सुझाव पेश गर्नका लागि भनेको छ । यसैबीच एसियाली विकास बैंकले २०२२ मा श्रीलंकाको आर्थिक वृद्धिमा २.५ प्रतिशतको सामान्य सुधार हुने अनुमान गरेको छ ।
पूर्वमन्त्रीको आरोप–राजपक्षेको परिवारले देश लुट्यो
राजपक्षे सरकारको बिरुद्धमा देशभर प्रदर्शनकाबीच पूर्व मन्त्री र सांसद चंपिका राणावाले राजपक्षेको परिवारले देशलाई धेरै नै लुटेको आरोप लगाइन् । २००४ देखि २०१४ सम्म आफ्नो कार्यकालको अवधिमा राजपक्षेले १९ अर्ब अमेरिकी डलर हिनामिना गरेको आरोप उनले लगाएकी छिन् । सरकारले अन्तर्राष्ट्रिय वित्तीय बजारबाट ठूलो परिमाणमा पैसा लिएको र त्यसलाई समयमै नतिरेको आरोप राणावाको छ । यसको परिणाम पुरै देशले भोगिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’
-
‘लाठे’ लोकतन्त्र किन लड्बडायो ?
-
आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
-
गण्डकी प्रशिक्षण प्रतिष्ठानमा तिवारी नियुक्त
-
लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ : कार्यवाहक सभापति खड्का
-
‘अनलाइन’बाटै नागरिकता सिफारिस गर्दै बैतडीका स्थानीय तह