बूढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय स्वागतयोग्य छ : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड’ बाट खोसेर आन्तरिक स्रोतबाटै वित्तीय व्यवस्थापन गरी आफैं आयोजना निर्माण गर्ने निर्णय गरेपछि महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य l श्रद्देय @kpsharmaoli को आत्मालोचना सुन्न पाइने अपेक्षा l `९ अर्ब बाँडेर खाएको´ आरोप फिर्ता लिन श्रद्देय @brb1954 ले लज्जाबोध नगर्नुहुने आशा l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 8, 2022
आवेग परित्याग गरेर विवेक अघि लगाऔं !
अब #बुढिगण्डकी_बनाउन_जुटौं !
शुक्रबार विहान ट्वीट गर्दै शर्माले बूढीगण्डकी गेजुवालाई दिने तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा राखे । यस्तै उनले बूढीगण्डकी ९ अर्ब बाँडेर खाएको आरोप फिर्ता लिन बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा व्यक्त गरे । केही महिनाअघि भट्टराईले बूढीगण्डकी गेजुवालाइ बनाउन दिएर एमाले ओली, काँग्रेस शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए ।
डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बुढी गण्डकीकालागि अर्बौं रकम जनताबाट उठिसकेको छ l मुआब्जा टुंग्याएर, सरकार र निजिक्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्नुहुन्न l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 8, 2022
`समृद्धिको साझा दायित्व ; आवेगमुक्त साझा अठोट´ मा देश जुट्नुपर्छ l
यस्तै शर्माले डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बुढी गण्डकीका लागि अर्बौं रकम जनताबाट उठिसकेको बताए । मुआब्जा टुङ्ग्याएर, सरकार र निजी क्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
समृद्धिको साझा दायित्व पुरा गर्न आवेगमुक्त साझा अठोटमा देश जुट्नुपर्ने महामन्त्री शर्माले बताए । उनका अनुसार १२ सय मेगावाटको विधुत उत्पादन, ठूलो जलाशय, वृहत् पर्यटनको केन्द्र, पिउने पानी र सिँचाइको विशाल भण्डारको बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी थियो ।
अब कुनै बिध्न आउन नदिन सरकार, प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरी रहेको शर्माले बताए । आवेग परित्याग गरेर विवेक अघि लगाएर अब बुढीगण्डकी बनाउन जुट्न उनले आह्वान गरे ।
१२ सय मेगावाटको बिधुत उत्पादन मात्रै होइन, फेवाताल भन्दा दशौंगुणा ठूलो जलाशय,वृहत् पर्यटनको केन्द्र,पिउने पानी र सिँचाइको विशाल भण्डार l यस्तो बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी थियो l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 8, 2022
अब कुनै बिध्न आउन नदिन सरकार,प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरीl
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान