सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

शुक्रबार, २५ चैत २०७८, ०८ : ५८
शुक्रबार, २५ चैत २०७८

पूर्व–पश्चिम गण्डक नहर सडकअन्तर्गत  बाराको पचरौता नगरपालिका–९ कुडवामा बिहीबार राति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, एक जना गम्भीर घाइते भएका छन् ।​ तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नहरमा खस्दा मोटरसाईकलमा सवार सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षीय रामजनम यादवको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका बिरेन्द्र यादव गम्भीर घाइते भएका छन् ।

तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा दुवै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । प्रहरी चौकी लंगडाको सहयोगमा घाइते दुवै जनालाई उपचारको लागी रोशन अली अस्पताल वीरगंजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा रामजनमको राति पौने एक बजे मृत्यु भएको डिएसपी थापाले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप