पलेशा गोवर्धन र सिर्जना घिसिङले एसियन पारा गेम्स खेल्ने निश्चित
शुक्रबार, २५ चैत २०७८, ०८ : ०९
चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्समा नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र सिर्जना घिसिङले खेल्ने निश्चित भएको छ । खेल सन् २०२२ अक्टोबर ९ देखि १५ तारिखसम्म हुनेछ ।
विश्व तेक्वान्दो महासंघको पत्र अनुसार पलेशागोवर्धन विश्वको नवौँ रङ्किङ र सिर्जना घिसिङ विश्वको १०औं रङ्किङ बरियतामा रहेकोले वाइल्डमार्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाए ।
पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सिर्जना घिसिङले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् । प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठूलो आशा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान