कीभबाट रुसी सेना फिर्ता, पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित
![कीभबाट रुसी सेना फिर्ता, पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित](https://rpcdn.ratopati.com/media/albums/russia-army_iIVyB8h5cG.webp)
कीभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको छ । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले भने, “रुसी फौजहरू कीभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रूसीको क्षेत्रमा जम्मा भएका छन् ।” “हामीले कीभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ,” पेन्टागनका प्रवक्ता जोन किर्बीले भने ।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल’ गरेको दाबी गरे । “पुटिनले थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका तर खार्किभलगायतका स्थानलाई कब्जा गर्न नसकेको देखिएको छ,”उनले भने ।
रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै कीभ र चेर्निहिभबाट फौज फिर्ता भएको खबर आएको हो । अमेरिकी अधिकारीले अधिकारीले रुसी फौजहरू भविष्यमा कीभतर्फ फर्कन सक्ने सम्भावना टरिनसकेको बताए । ती अधिकारीका अनुसार रुसले युक्रेन युद्धमा पठाएका १८० सैन्य बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै छन् ।
अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै युक्रेनबाट कम्तीमा २४ हजार रुसी फौज फिर्ता भएको जनाएको छ । फिर्ता भएका सैनिकहरू रूस र बेलारूस क्षेत्रका यूक्रेनी भूभागमा भेला भएका पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा