आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल बारको निर्वाचन : सत्ता गठबन्धनका प्यानल नै जितको नजिक

बिहीबार, २४ चैत २०७८, २१ : ५०
बिहीबार, २४ चैत २०७८

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू जितको नजिक आइपुगेका छन् । बिहीबार साँझ ९ बजेसम्मको मतगणना अनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरेले ३ हजार ७२८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले १ हजार ९७७ मत प्राप्त गरेका छन् । 

कुल ७ हजार ५ सयको हाराहारीमा मत खसेकामा ६ हजार १ सयभन्दा बढी मत गणना भइसकेको छ । नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलका अनुसार अब काठमाडौं जिल्ला अदालत बारको ६५० र उच्च अदालत पाटन बारको ७३७ गरी कुल १ हजार ३८७ मत मात्रै गन्न बाँकी छ । यससँगै घिमिरेको जित निश्चित भएको हो । 

बिहीबार साँझ ९ बजेसम्मको मतगणना अनुसार सत्ता गठबन्धन समूहबाटै महासचिवको उम्मेदवार बनेकी अन्जिता खनालले प्रगतिशील समूहका केदार कोइरालालाई ८ सय ३० मतले पछि पारेकी छिन् । बृहत लोकतान्त्रिक, प्रगतिशील समूहकी उम्मेदवार खनालले ३ हजार १७५ मत प्राप्त गर्दा प्रगतिशील समूहका केदारप्रसाद कोइरालाले २ हजार ३४५ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपाध्यक्ष पदका प्रत्यासीमध्ये प्रदेश १ बाट सुरज खत्रीले ३७२३, मधेश प्रदेशबाट सुधीरकुमार कर्ण ३७४६, बागमतीबाट हर्कबहादुर रावल ३६४६, गण्डकीबाट वीरेन्द्र केसी ३५७९, लुम्बिनीबाट पशुपति भण्डारी ३४६४, कर्णालीबाट उत्तम प्रसाद आचार्य ३६४६ र सुदूरपश्चिमबाट तुलाराम गिरीले ३६५१ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा आशा राईले ३४११ मत प्राप्त गरेकी छिन् । उनीहरु सबै सत्ता गठबन्धनका तर्फबाट बृहत लोकतान्त्रिक, प्रगतिशील प्यानलमा उम्मेदवार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप