एन्फा चुनाव : बी र सीको प्रतिनिधि छनोट स्थगित भएपछि कम्प्युटर र टेबल तोडफोड
बिहीबार, २४ चैत २०७८, २१ : २९

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन स्थगित भएपछि क्लबका प्रतिनिधिहरुले कम्प्युटर र टेबल तोडफोड गरेका छन् । एन्फाको निर्वाचन असार ६ गते हुँदैछ ।
निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने तय रहेको थियो । तर, एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन स्थगित भएको रिसमा बी र सी डिभिजन क्लबका प्रतिनिधिहरुले एन्फामा रहेको कम्प्युटर र टेबल तोडफोड गरेका हुन् । एन्फाको आसन्न निर्वाचन असार ६ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
-
बजेट अधिवेशनमा शिक्षकको माग टुङ्ग्याउन सम्भव छैन : सभामुख
-
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
-
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
-
जमुनाह नाकामा कडाइ
-
एभरेष्ट अस्पताललाई काठमाडौँ महानगरले तिरायो ५० हजार जरिवाना