आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले चिनियाँ कम्पनी गेजुवाबाट खोस्यो बुढीगण्डकी जलविद्युत आयोजना

बिहीबार, २४ चैत २०७८, २१ : १९
बिहीबार, २४ चैत २०७८

सरकारले चिनियाँ कम्पनीबाट १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना खोसेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशी लगानीमै जलाशययुक्त जलविद्युत आयोजना बनाउने निर्णय गरेको हो ।

यसअघिको सरकारले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीलाई बनाउने दिने निर्णय भएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनीबाट खोसेर स्वदेशी लगानीमै राष्ट्रिय गौरवको आयोजना बनाउने निर्णय भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

यो आयोजना धादिङ र गोर्खा जिल्लामा पर्छ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने भनेर पेट्रोलियम पदार्थबाट अर्बौ कर उठाइसकेको छ । आयोजनाअन्तर्गत अहिलेसम्म ४८ हजार ९४८ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । यसका लागि ६४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

हिजो (बुधबार) ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसालले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बन्ने बताएकी थिइन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी सुनाउन आयोजना गरिएको कार्यक्रममा यस्तो बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप