नेपाल दूरसञ्चारमा सुनील पौडेल नियुक्त, चीनको राजदूतमा श्रेष्ठ सिफारिस
बिहीबार, २४ चैत २०७८, २० : ५९

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा सुनील पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
दूरसञ्चारमा बुद्धि आचार्यसहित ३ जना सिफारिस भएकामा पौडेलले बाजी मारेका हुन् । पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट नियुक्त भएका हुन् ।
याे पनि
यसैगरी चीनको राजदूतमा विष्णुपुकार श्रेष्ठको नाम सिफारिसभएको छ। माओवादी केन्द्रको कोटामा उनलाई राजदूत सिफारिस गरिएको हो । उनीसँगै अन्य १९ देशमा पनि राजदूत सिफारिस भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
एमाले हुलबाट निर्देशित नभई सही नीतिका कारण जनताको मनमा बसेको छ : प्रधानमन्त्री ओली
-
घातक रसायन क्याडमियम सहित दुई भारतीय पक्राउ
-
निर्वाचन आयोगबाट बिदा भए दिनेश थपलिया
-
डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेख्ने किशोर पक्राउ
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन