बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन अधिकार रक्षाको लडाई हो : अध्यक्ष प्रचण्ड

बिहीबार, २४ चैत २०७८, २० : ४१
बिहीबार, २४ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन आग्रह गरेका छन् । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर  े अधिकारको रक्षा गर्ने भएको बताए ।

राजावादीहरु एक जुट हुन खोजि रहेकाले अझै पनि यो संविधान सुरक्षित नभएको भन्दै अध्यक्ष दाहालले संविधान मास्ने खेल भइरहेकोले सचेत हुनुपर्ने बताए । अझै यो संविधान उल्टाउने शक्तिहरूको साँठगाँठ बढिरहेको भन्दै दाहालले भने, ‘अहिले पनि पूर्व राजावादीहरु, जो आजपनि राजावादी नै हुन, र केपी ओली नेतृत्वको एमाले सरसल्लाह गर्दै छ, उनीहरु यो संविधान उल्टाउने कसरतमा छन् ।’

‘नेपालीहरुको आत्म सम्मानको रक्षा गर्ने, प्रतिक्रियावादीहरुले परास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षा गर्ने, समानता र आत्मसम्मानको रक्षा गर्ने ? या प्रतिक्रियावादीलाई छोडिदिने भन्ने लडाई हो; अध्यक्ष प्रचण्डले भने ।

दाहालले भने, ‘ अधिकार खोसिने र फेरि देश अराजकतामा जाने र पचासौं वर्ष अधिकारको लागि लड्नु पर्ने अझै अवस्था टरिसकेको छैन ।’

उनले माओवादीकै कारण देश यहाँसम्म आइपुगेको जिकिर गरे । उनले भने, ‘मैले जनयुद्ध, १२ बुँदे सम्झौता, शान्ति सम्झौता, संघिय लोकतन्त्रको घोषणा, संविधानसभा निर्वाचन, निर्वाचनबाट जुन समृद्ध नेपालको सपना देखेर मेरो ठाउँबाट, मेरो पार्टी र म अध्यक्ष भएको हैसियतले धेरै त्याग तपस्या गरेर यहाँसम्म नेपाल आइपुगेको छ ।’ अध्यक्ष दाहालले अहिले आफू प्रतिक्रियावादीहरुो लागि घाटीमा अल्झेको हाडजस्तै भएको भन्दै आफ्नो चरित्र हत्यामा उत्रिएको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप