निर्वाचन अधिकार रक्षाको लडाई हो : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन आग्रह गरेका छन् । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर े अधिकारको रक्षा गर्ने भएको बताए ।
राजावादीहरु एक जुट हुन खोजि रहेकाले अझै पनि यो संविधान सुरक्षित नभएको भन्दै अध्यक्ष दाहालले संविधान मास्ने खेल भइरहेकोले सचेत हुनुपर्ने बताए । अझै यो संविधान उल्टाउने शक्तिहरूको साँठगाँठ बढिरहेको भन्दै दाहालले भने, ‘अहिले पनि पूर्व राजावादीहरु, जो आजपनि राजावादी नै हुन, र केपी ओली नेतृत्वको एमाले सरसल्लाह गर्दै छ, उनीहरु यो संविधान उल्टाउने कसरतमा छन् ।’
‘नेपालीहरुको आत्म सम्मानको रक्षा गर्ने, प्रतिक्रियावादीहरुले परास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षा गर्ने, समानता र आत्मसम्मानको रक्षा गर्ने ? या प्रतिक्रियावादीलाई छोडिदिने भन्ने लडाई हो; अध्यक्ष प्रचण्डले भने ।
दाहालले भने, ‘ अधिकार खोसिने र फेरि देश अराजकतामा जाने र पचासौं वर्ष अधिकारको लागि लड्नु पर्ने अझै अवस्था टरिसकेको छैन ।’
उनले माओवादीकै कारण देश यहाँसम्म आइपुगेको जिकिर गरे । उनले भने, ‘मैले जनयुद्ध, १२ बुँदे सम्झौता, शान्ति सम्झौता, संघिय लोकतन्त्रको घोषणा, संविधानसभा निर्वाचन, निर्वाचनबाट जुन समृद्ध नेपालको सपना देखेर मेरो ठाउँबाट, मेरो पार्टी र म अध्यक्ष भएको हैसियतले धेरै त्याग तपस्या गरेर यहाँसम्म नेपाल आइपुगेको छ ।’ अध्यक्ष दाहालले अहिले आफू प्रतिक्रियावादीहरुो लागि घाटीमा अल्झेको हाडजस्तै भएको भन्दै आफ्नो चरित्र हत्यामा उत्रिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण