मोरङको सुनवर्षीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, प्रमुखमा १४ तथा उपप्रमुखमा ७ जनाको नाम सिफारिस
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गठबन्धन दलहरुबीच भित्री खटपट सुरु भएको छ । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । जसका कारण गठबन्धन दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी झस्किएका छन् ।
कांग्रेसको वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिलगायत बुद्धिजीविको संयुक्त रुपमा दुई दिन अगाडि बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।
‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सुडुल अनुसार नेपाली कांग्रेसलाई बहुमतबाट जिताउन अरु राजनीतिक पार्टीहरुसँग के कसरी गठबन्धन गर्ने कुरामा उपस्थिति सम्पूर्ण वडा कार्यसमितिहरुको सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिलगायत बुद्धिजीवि, शुभचिन्तकको अनुसार सुनवर्षी नगरपालिकामा अरु पार्टीहरुसँग गठबन्धन नगर्ने भनि सर्वसम्मतीले निर्णय गरियो,’ गठबन्धन गर्ने सम्बन्धमा गरिएको प्रस्तावको निर्णयमा उल्लेख छ ।
यस्तै सोही बैठकले आउँदो निर्वाचनका लागि हाल बाहल रहेका नगर प्रमुखका लीप्रसाद दाहाललाई दोस्रो नम्बरमा राख्दै १४ जनालाई नगरप्रमुखको उम्मेद्वार सिफारिस गरिएको छ ।
पहिलो नम्बरमा कमलकिशोर सिंह रहेका छन् । अन्यमा क्रमशः कालीप्रसाद दास, गुलाम मोहिद्धिन, टेकबहादुर विष्ट, देवेन्द्र बहादुर बस्नेत, प्रताव तामाङ, वीरेन्द्रकुमार साह, महताब आलम, महेश्वर प्रसाद राजवंशी, मेदनी प्रसाद प्रसाई, यज्ञबहादुर कार्की, रमानन्द साह, शंकर कार्की र सत्यनारायण पण्डित रहेका छन् ।
यस्तै उप्रमुख पदका लागि खेमुकमारी कार्की, जानकी कुमारी केवरत, नरमाया प्रसाई बिमली, नारायणी देवी पण्डित, विमलादेवी दास, मञ्जुकुमारी राई र सुमनसरी राजवंशी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हल्चोकमा सशस्त्र प्रहरीकाे २४ औँ वार्षिकोत्सव, तस्बिरमा हेर्नुहोस्
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना
-
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
-
कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत
-
अन्नतः सामोआलाई हराउँदै ‘सुपर–६’ चरणमा पुग्यो न्युजिल्यान्ड