मिथिलाञ्चलमा चैती छठ मनाइँदै (फोटोफिचर)

मिथिलाञ्चलमा बिहीबार हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठपर्व अन्र्तगत आज सध्न्या अर्घ दिँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष परिकारहरू अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने चलन छ ।
सन्तान प्राप्ति, निगरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मियता र सद्भावको प्रतीकको रूपमा छठपर्व मनाइने गरिन्छ । यस पर्वमा हरेक भेदभावलाई अन्त्य गर्दै सवै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा अर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वलाई एकताको प्रतीकको रुपमा समेत लिइन्छ । यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिई वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिष सम्बन्धी तथ्यहरू समेत रहेको छ ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पुजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । मिथिलामा शारदीय र बासन्ती गरी वर्षमा दुई पटक छठपर्व मनाउने गरिएको छ । कात्र्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने बासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री एकै प्रकारका रहन्छ । आज श्रद्धालुहरू इतिहास वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइदैँ छ । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुहरूले जलाशयमा बनाइएका विभिन्न घाटमा पूजा सामग्री राखेर छठ पर्वमा लागि परेका छन् । आज मधेश प्रदेशका जनकपुरधाम सहित वीरगंज, मटिहानी, जलेश्वर, राजविराज, लहान, सिरहा, कलैया, मलंगवा सहित विभिन्न स्थलमा रहेका तलाउ, पोखरी, सरोवर, नदीहरुमा धुमधामका साथ चैती छठ मनाईदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने