आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अनुदान सहयोग टाइफाइडविरुद्धको खोप दिइँदै

बिहीबार, २४ चैत २०७८, १९ : १८
बिहीबार, २४ चैत २०७८

सरकारले पहिलो पटक बालबालिका लगाइरहेको टाइफाइड विरुद्धको खोप अनुदान सहयोगमा प्राप्त गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाभी खोप सञ्जाल, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदारहरुको सहयोगमा १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्ने राष्ट्रमध्ये नेपाल चौथो मुलुक हो । यसअघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरुको सहयोग प्राप्त गरिसकेका छन् ।

सरकारले ७५ लाख बालबालिकामध्ये कम्तिमा ९५ प्रतिशतलाई टाइफाइड खोप लगाउँने लक्ष्य राखेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गाभीका उपप्रमुख अनुराधा गुप्ताले टाइफाइटविरुद्ध खोपको शुरुवातले बर्षौसम्म देशभरिका हजारौं बालबालिकाको जीवन रक्षा सुनिश्चित गर्ने बताइन् । नेपालले टाइफाइट विरुद्धको खोप अभियान सुरु गरि बालबालिकाको जीवन रक्षा गर्न लागेको प्रति खुसी व्यक्त गरिन् ।

यही चैत्र २५ देखि आउँदो वैशाख १८ गतेसम्म आयोजना हुने यस राष्ट्रिय टाइफाइड खोप अभियान सञ्चालन हुने परिवार कल्याण महाशाखा अन्र्तगतको बालबालिका स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । यद्यपि खोप अभियान स्थानीय तहहरुमा कतैकतै टाइफाइडपवरुद्धको खोप अभियान भने प्रारम्भ भएको छ ।

 यस्तै,  कोभिड–१९ महामारीले स्वास्थ्य सेवामा असर गरेको सन्र्दभमा टाइफाइड खोपको शुरुवात र नियमित खोप कार्यक्रम समेत प्रभावकारी हुने युनिसेफ नेपालका प्रतिनिधि एल्के विशले बताए ।

विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले टाइफाइड कन्जुगेट खोप निकै प्रभावकारी भएको बताएका छन् । नेपालमा बालबालिकामा टाइफाइडले पार्ने नकारात्मक प्रभाव कम गर्न यस खोपले धेरै मद्दत पुर्याउने उनले बताए । साथै यस खोपले बढ्दै गइरहेको औषधी प्रतिरोधी टाइफाइड जीवाणुको विश्वब्यापी स्वास्थ्य समस्याको न्यूनिकरणमा सहयोग गर्ने उनको भनाइ छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप