शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बिहीबार, २४ चैत २०७८, ०८ : ००
बिहीबार, २४ चैत २०७८

मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । चार बजे बस्ने तय भएको बैठक ढिलो गरी सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरू गर्ने बुझिएको छ । 

स्थानीय तह निर्वाचनको मतदान मिति भन्दा कम्तीमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने गरिन्छ । निर्वाचन आचारसंहिता तयार भए पनि आयोगले उक्त संहिता लागु हुने मिति अझै तोकेको छैन । आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागु हुने गरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ । आचार संहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आज बस्ने बैठकले व्यापक रूपमा नियुक्तिहरूको निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप