शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालयको फोहोर सफा गरे : मन्त्री आले

बिहीबार, २४ चैत २०७८, १८ : २५
बिहीबार, २४ चैत २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका कामहरु भइरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरु भइरहेको बताएका हुन् । उनले आफ्नो मन्त्रालयमा थुप्रै फोहोरका डङ्गुरहरु रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताए । आफू राजनीतिमा सेवाको भावनाले प्रवेश गरेकाले नेपालीको शिर नझुक्ने गरी काम गर्ने बताए ।  

मन्त्री आलेले सर्वहारा र श्रमजीवी वर्गको हक हितको पक्षमा आफू सधै उभिने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप