शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

बिहीबार, २४ चैत २०७८, १८ : ०३
बिहीबार, २४ चैत २०७८

पञ्चकन्या ग्रुपले झापाको दमकमा बन्दै गरेको बाल अस्पताललाई भवन निर्माणमा सहयोग गर्ने भएको छ । बिहीबार राजधानीमा भएको पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सि.एच.) बीचको सम्झौतामा ग्रुपले अस्पताललाई ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४ हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माणमा सहयोग गर्ने सहमति गरेको हो । 
पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्राको ५० औं वर्षको उपलक्ष्यमा अध्यक्ष प्रेम बहादुर श्रेष्ठकी स्वर्गीय धर्मपत्नी निल कुमारी श्रेष्ठको स्मृतिमा यस्तो सहयोग गर्न लागिएको जनाएको छ । 
पञ्चकन्या ग्रुपले एक महिनाभित्र एलजिएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप