चेक बाउन्स मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ
बिहीबार, २४ चैत २०७८, १७ : ५९

बैंकिङ कसूर (चेक बाउन्स) मुद्दाका फरार २ जना प्रतिवादीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका–५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।
उनीहरूमध्ये राजु भण्डारीलाई उच्च अदालत पाटन ललितपुरले २०७८ बैशाख २९ गते ७ लाख २ हजार ५ सय रूपैयाँ जरिवाना ठहर गरेको थियो । उपेन्द्र प्रसाद ढुंगानालाई उच्च अदालत विराटनगरले बैंकिङ कसुर मुद्दामा २०७८ पुस २२ गते पक्राउ अनुमति जारी गरेको थियो ।
राजुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । उपेन्द्र प्रसादलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाहरूले ताने रातो मच्छिन्द्रनाथको रथ
-
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ
-
दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
-
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेकाे माग
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत
-
देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव