सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनएमबी बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

बिहीबार, २४ चैत २०७८, १७ : ५६
बिहीबार, २४ चैत २०७८

एनएमबी बैंकका ग्राहकहरुले अब दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार बैंक र दराजबीच भएको व्यवसायिक साझेदारीको सम्झौतामा यस्तो छुटको घोषणा भएको हो ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिड कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । 

तर, उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप