शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

बिहीबार, २४ चैत २०७८, १७ : ५३
बिहीबार, २४ चैत २०७८

महालक्ष्मी विकास बैंक लिमिटेड र धुम्बाराही काठमाडौंमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रालि बीच व्यवसायिक सहकार्यको सहमति भएको छ । बिहीबार भएको सम्झौता अनुसार बैैकका ग्राहकहरुले डेन्टलबाट लिने सेवामा विशेष छुट पाउनेछन् । तर यस्तो सेवा बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गरेको हुनुपर्ने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ । 

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ आफ्ना विभिन्न शाखा कार्यालयहरूबाट बैंकले जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप