आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘अनुसन्धानको नाममा राष्ट्र बैंकले नै दुःख दियो’

बिहीबार, २४ चैत २०७८, १७ : ३१
बिहीबार, २४ चैत २०७८

१२ लाख अमेरिकी डलर भित्र्याएको आरोपमा राष्ट्र बैंकको अनुसन्धानमा परेका व्यवसायी पृथ्वी शाहले राज्यले आफूमाथि दमन गरेको बताएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शाहले नियमसंगत रुपमै आफूलेविदेशी मुद्रा ल्याउँदै गर्दा राष्ट्र बैंकले अनुसन्धानको नाममा अनावश्यक दुःख दिएको बताए । 

‘दुई वर्षदेखि राज्यबाट अनावश्यक दुःख पाइरहेको छु । दुःख सम्झिँदा मर्न मन लाग्छ । ऐन, नियम तथा मुलुकको कानुनको अधीनमै रहेर ल्याइएको पैसामा पनि फेरि राष्ट्र बैंकले किन दुःख दिन्छ ?’ उनले भने ।
सोही अवसरमा शाहले दुई वर्षदेखि अनुसन्धानको नाममा राष्ट्र बैंकले नै आफ्नो पैसा चलाएर खाइरहेको आरोप समेत लगाए ।

‘बैंकका कर्मचारीहरुको बैंक ब्यालेन्स हेरौं, कसको कहाँ कनेक्सन छ, कसले कसरी कमाइरहेको छ, खोजौँ न । त्यही देखि हाल्छ । हामी जस्तो व्यवसायीलाई अनावश्यक दुःख दिएर के हुन्छ । दुई वर्षदेखि मेरै पैसा चलाएर कसैले खाइरहेको छ’ शाहले पत्रकार सामु भने । 

थप आफ्नो पैसा फुकुवा गरिदिन अर्थमन्त्रीलाई गुहार्न पर्दा उल्टै आफैलाई घुस खुवाएको आरोप लागेको भन्दै शाहले सोको पुष्टि गर्न खुल्ला चुनौति दिए । दुई वर्षदेखि रोकिएको पैसा पाउन निकै कसरत गर्दा पनि पाउन नसकेपछि अर्थमन्त्रीलाई पहल गरिदिन आग्रह गरेको उनले बताए । तर कुनै सञ्चार माध्यमले अर्थमन्त्रीलाई नै मुछेर समाचार प्रकाशित गरेको उनले दुखेसो पोखे । तर, दुई वर्षसम्म आफूले राज्यबाट पाएको दुःख नदेखेको उनले बताए ।
पर्यटन व्यवसायको क्षेत्रमा रहेका शाहले सोही प्रयोजनमा काम गरे बापत अमेरिकाबाट पैसा आएको उनले बताए । शाह अछामका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप