सुनसरीमा पाँच दलीय गठबन्धनले वडा तहदेखि नै चुनावी तालमेल गर्ने
सुनसरीमा सत्तारुढ पाँच दलीय गठबन्धनले वडा तहदेखि नै चुनावी तालमेल गर्न कार्यदल गठन गरेको छ । जिल्लामा तालमेलको निर्णय गर्न नेपाली कांग्रेसका सचिव वीरेन्द्र साह, नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो, नेकपा एकीकृत समाजवादीका सचिव वसन्त सुवेदी, जनता समाजवादी पार्टीका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी रहेको कार्यदल गठन गरेको हो ।
कार्यदलले स्थानीय नगर तथा गाउँपालिकाहरूको वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गतेसम्म प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ । गठबन्धनमा आबद्ध सबै दलहरूको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको गठबन्धनको बैठकपछि जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
पाँच दलीय गठबन्धनबाहेक अरुसँग तालमेल नगर्ने र संयुक्त घोषणापत्र प्रकाशन गरि वडा तहसम्मै संयुक्त चुनाव प्रचार–प्रसार गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक योगेन्द्र मण्डल पप्पुले जानकारी दिए ।
२०७४ को निर्वाचनमा स्थानीय देखि संघको चुनावी गणितले प्रदेश १ को सबैभन्दा धेरै नेपाली कांग्रेसको प्रभाव क्षेत्र देखिएको सुनसरीमा अन्यत्रभन्दा एक कदमअघि बढेर वडा सदस्यदेखि नै तालमेल हुने भएको छ ।
बुधबार नेकपा एसको पार्टी कार्यालयमा बसेको पाँच दलको बैठकले गठबन्धन गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी, नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र प्रसाद मण्डल, नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरी प्रतिनिधि हरिलाल अधिकारीले संयुक्त विज्ञप्तिमार्फत गठबन्धनको घोषणा गरेको सार्वजनिक गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि