शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा कार्यालयमा हेडक्वार्टरको बैठक

बिहीबार, २४ चैत २०७८, ०८ : ००
बिहीबार, २४ चैत २०७८

जनता समाजवादी पार्टी नेपालको हेडक्वार्टर बैठक पार्टी कार्यालयमा बसिरहेको छ । स्थानीय तहको चुनावमा गठबन्धन गर्दा पार्टीको हिस्सेदारी, उम्मेदवार चयन लगायतको विषयमा छलफल गर्नका लागि हेडक्वार्टरको बैठक बसिरहेको हो । 

काँग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तह निर्वाचनमा तालमेलका लागि तयारी तथा अनुगमन समितिको बैठक हिजो बसेको थियो । सो समितिले सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले तीन दिनभित्र केन्द्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको छ । समितिमा सत्ता गठबन्धनमा हालसम्म भएको गतिविधिको बारेमा छलफल गरेको थियो ।

जसपाले स्थानीय तहबाट उम्मेदवार छनौट गरी जिल्ला हुँदै प्रदेशमा पठाउने क्रम सुरु गरेको छ । प्रदेशले टुंग्याउन नसक्ने उम्मेदवार चयनको प्रकृया केन्द्रलाई पनि पठाउँदै छ ।

जसपाको हेडक्वाटरमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र नेता अशोक राई रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप