बडूले सम्हाले नयाँ मन्त्रालय
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताएका छन् । बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नको लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम गर्ने बताए । मन्त्री बडूले जनताले राहत महशुस गर्ने गरेर उद्योगसम्बन्धीका समस्या समाधान गर्ने योजना पनि सुनाए ।
उनले भने, ‘उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार गर्छौं । त्यसको लागि टिमवर्क चाहिन्छ । यो आत्मविश्वास र प्रतिवद्धताका साथ हामी अघि बढ्न सक्यौँ भने चुनौति समेट्नका निमित्त, सफलताका निमित्त यो मेरो लागि अवसर पनि हो । यसलाई हामीले जनताले राहत महशुस गर्ने गरेर उपयोग गर्न जरुरी छ । हामीले विश्व अर्थतन्त्र नै डामाडोल भइरहेको बेलामा नेपालले के तयारी गर्दैछ, कसरी यो पार गर्छ भन्ने कुरालाई पनि ध्यान राख्न जरुरी छ । हामी यसमा सफल हुन्छौँ, मलाई त्यो विश्वास छ । राष्ट्रको सम्पूर्ण क्षेत्रसँग जोडिएको यो मन्त्रालयको चुनौतिलाई पार लगाउनु पर्छ, सफल हुनुपर्छ । प्रतिवद्धता र एकतावद्ध भएर काम गर्ने हो भने हामी सफलतामा पुग्छौँ ।’
सरकारले कानून मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् । यसअघि मन्त्री बडूले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचारी शासन अन्त्य र देशभक्त पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना
-
लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)
-
औपचारिक रूपमै समातिए दक्षिण कोरियाली राष्ट्रपति येओल
-
गाजामा युद्धविराम तत्कालै सुरु नगर्न इजरायली सेनालाई नेतन्याहुको आदेश
-
सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य
-
अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हदसम्बन्धी विवाद छानबिन गर्न ३ सदस्य छानबिन समिति गठन