शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बत्ती निभाएर टिभी–ल्यापटप वा मोबाइल हेर्दा दिमागलाई लोड र आँखाको ज्योतिमा असर

बिहीबार, २४ चैत २०७८, १६ : १०
बिहीबार, २४ चैत २०७८

हुन त फोन, ल्यापटप र टिभीमा जतिसक्दो कम समय बिताएकै राम्रो । तर त्यो समयलाई पनि यदि गलत तरिकाले बिताउने हो भने आँखादेखि तपाईंको स्वास्थ्यमा यसको असर पर्नसक्छ ।

फोनमा भएका क्यालेन्डर, क्यालकुलेटर, कन्ट्याक्ट्स र पढ्ने, लेख्ने, हेर्नेसँग सम्बन्धित यस्ता थुप्रै कुरा हुन्छन् कि मनमा उठेका प्रश्नको जवाफ खोज्न कतै जानै पर्दैन ।

यसैकारण डिजिटल ग्याजेटमा हाम्रो निर्भरता बढ्दै गइरहेको छ । तर यो निर्भरतामा गरिने लापरवाहीले हाम्रो स्वास्थ्यलाई कसरी बिगार्न सक्छ भन्नेबारे भारतकी डा. टिंकल रानीले जानकारी दिएकी छिन् ।

जीवनको आवश्यकता बन्दै गइरहेको छ इलेक्ट्रोनिक ग्याजेटः

अफिस मिटिङ होस् वा अनलाइन स्टडी । फोन, ल्यापटप हरेक जीवनको महत्वपूर्ण हिस्सा बनेको छ । दुई वर्षसम्म मल्टिप्लेक्सपछि ओटीटी प्लेटफर्ममा फिल्म र वेब सिरिज हेर्ने बानी धेरैलाई परेको छ । यसैकारण अब यी ग्याजेट्सबाट टाढा बस्न सबै उमेरका लागि मुश्किल भएको छ । ग्याजेटको प्रयोगमा कुनै खराबी छैन । समस्या यसको प्रयोगको तरिकासँग हो । यदि तपाईं र तपाईंका बच्चा वा घरका अन्य सदस्य पनि अँध्यारोमा स्क्रिन हेर्न बानी परेको छ भने सावधान हुनुहोस् ।

 अँध्यारोमा आँखामा टिभीले कसरी असर पार्छ ?

टिभी, मोबाइल र ल्यापटपको स्क्रिन हेर्दा यदि ध्यान केन्द्रीत गर्ने चक्करमा आँखा गाढेर केही हेर्नुहुन्छ भने यसका कारण आँखामा तनाव पर्छ । हामीलाई लाग्छ कि टिभीको लाइट एकै खालका हुन्छन् तर हरेक परिवर्तित दृश्यसँग यसको लाइटिङ पनि परिवर्तन हुन्छ । यसको असर आँखामा पर्छ ।

यसलाई परीक्षण गर्ने एउटा तरिका पनि छ । जब तपाईं टिभी हेरिरहनुभएको हुन्छ तब एक नजर टिभी नजिकैको भित्तामा दौडाउनुहोस् । टिभीको प्रतिबिम्ब भित्तामा घट्ने बढ्ने भइरहेको देख्नुहुनेछ । यी घट्दो बढ्दो प्रकाशका बीच आँखामा दबाब पर्छ ।

कम्प्युटर –ल्यापटपको प्रकाशबाट हुने हानीबाट कसरी जोगिने ?

डिजिटल दुनियाँका धेरैजसो काम विद्युतीय उपकरणमा भइरहेको छ । अफिसको काम होस् वा बच्चाको प्रेजेन्टेशन । पेपरको साटो सबैकुरा नोटप्याडमा लेख्न थालेका छौँ । टिभीको साटो ल्यापटप र कम्प्युटरमा मानिस धेरैजसो समय दिन्छन् र यसको स्क्रिन धेरैबेरसम्म हेर्छन् ।

मोबाइलबाट आँखाको हानीबाट जोगाउनः

ल्यापटपजस्तै मोबाइलको प्रयोग पनि राती विशेष रुपमा हुने गर्दछ । लगभग हरेक जेनेरेशनका धेरैजसो मानिस सुत्नुअघि मोबाइल प्रयोग गर्छन् । यदि डार्क मोड, रिडिङ मोड वा बेड टाइमको प्रयोग गरेको खण्डमा अँध्यारोमा स्क्रिन हेर्दा र स्क्रल गर्दा आँखामा कम असर पर्नेछ । अब नयाँ स्मार्ट फोनमा यस्ता खालका फिचर्सलाई विशेष ध्यान दिइँदैछ ।

ग्याजेट्सले आँखालाई हानी नपुर्याउन के गर्ने ?

अँध्यारोमा स्क्रिन हेर्नबाट बच्नुहोस् । यदि राती ल्यापटप वा कम्प्युटरमा काम गर्नुपर्ने बाध्यता छ भने टेबल ल्याम्पको प्रयोग गर्नुहोस् । घण्टौँ स्क्रिनलाई लगातार नहेर्नुहोस् । थोरै प्राकृतिक प्रकाशमा पनि ध्यान दिनुहोस् । यसका लागि स्क्रिन छोडेर ५ मिनेटको ब्रेक आधा–एक घण्टामा लिइरहनुहोस् ।

आँखामा जलन, सुख्खा वा रसिलो महसुस भए, आँखामा थोरै पानी छम्कनुहोस् । आँखालाई झिम्काइरहनुहोस् । आँखाको ज्योति यथावत् राख्नका लागि व्यायाम र योगासनलाई जीवनको हिस्सा बनाउनुहोस् । कुनै प्रकारको समस्या महसुस भए डाक्टरलाई भेट्नुहोस् । यसबाहेक स्क्रिन लाइटबाट बच्नका लागि चस्मा चाहिन्छ कि चाहिँदैन भनेर डाक्टरसँग सल्लाह लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप