शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाले तयार गरे चुनावी घोषणापत्र

बिहीबार, २४ चैत २०७८, १५ : ५४
बिहीबार, २४ चैत २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पारेका छन् । स्थानीय तह निर्वाचनका लागि तयार गरिएको घोषणापत्र थापाले शुक्रबार सार्वजनिक गर्न लागेका छन् । त्यसका लागि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन राखिएको छ भने औपचारिक रुपमा पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गर्ने तय भएको सो पार्टीले जनाएको छ । 

यसअघि बुधबार थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्य समितिको भर्चुअल बैठक बसेको थियो । बैठकले स्थानीय तहको निर्वाचन सम्बन्धी राप्रपा नेपालको घोषणा पत्रको मस्यौदा पारित गरेको थियो । 
राप्रपा नेपालले स्थानीय निर्वाचनमा विभिन्न नगर÷गाउँपालिकामा बढीभन्दा बढी उम्मेदवारी दिने तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप