सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नेप्सेमा ३५ अंकको सुधार, २ अर्बको कारोबार

बिहीबार, २४ चैत २०७८, १५ : ३८
बिहीबार, २४ चैत २०७८

साताव्यापी करेक्सनपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ३५ अंकमाथिको सुधार आएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से ३५.६६ अंकले बढ्दै २४ सय ६४.३१ अंकमा उक्लिएको हो । 
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ अंकले बढ्दै ४६३.७३ अंकमा उक्लिएको छ । 

आज सबैजसो उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली हुँदा सबैभन्दा बढी अन्य समूहको ३.५९ प्रतिशतले बढेको छ । यस्तै, व्यापार समूहको २.६२ प्रतिशतले बढ्दै गर्दा यता जीवन बीमा समूहको १.९२ प्रतिशतले, फाइनान्स समूहको १.३५ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३३ प्रतिशतले, बैंकिङ र होटल तथा पर्यटन समूह समान १.१४ प्रतिशतले बढेका छन् । 

तर, ३५ अंक माथिले बढेको बजारमा आज जम्मा २ अर्ब १२ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ । आज नेष्ठो लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप