नेप्सेमा ३५ अंकको सुधार, २ अर्बको कारोबार

साताव्यापी करेक्सनपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ३५ अंकमाथिको सुधार आएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से ३५.६६ अंकले बढ्दै २४ सय ६४.३१ अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ अंकले बढ्दै ४६३.७३ अंकमा उक्लिएको छ ।
आज सबैजसो उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली हुँदा सबैभन्दा बढी अन्य समूहको ३.५९ प्रतिशतले बढेको छ । यस्तै, व्यापार समूहको २.६२ प्रतिशतले बढ्दै गर्दा यता जीवन बीमा समूहको १.९२ प्रतिशतले, फाइनान्स समूहको १.३५ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३३ प्रतिशतले, बैंकिङ र होटल तथा पर्यटन समूह समान १.१४ प्रतिशतले बढेका छन् ।
तर, ३५ अंक माथिले बढेको बजारमा आज जम्मा २ अर्ब १२ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ । आज नेष्ठो लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल
-
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
-
कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला
-
संक्रमणकालीन न्याय : दुई आयोगमा क-कसको पर्यो आवेदन ? (सूचीसहित)
-
भारतीय ऊर्जामन्त्री खट्टर नेपालमा (तस्बिरहरू)
-
शिक्षामन्त्री बन्न लागेको चर्चाप्रति के भन्छिन् अन्जान शाक्य ?