नेप्सेमा ३५ अंकको सुधार, २ अर्बको कारोबार
साताव्यापी करेक्सनपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ३५ अंकमाथिको सुधार आएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से ३५.६६ अंकले बढ्दै २४ सय ६४.३१ अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ अंकले बढ्दै ४६३.७३ अंकमा उक्लिएको छ ।
आज सबैजसो उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली हुँदा सबैभन्दा बढी अन्य समूहको ३.५९ प्रतिशतले बढेको छ । यस्तै, व्यापार समूहको २.६२ प्रतिशतले बढ्दै गर्दा यता जीवन बीमा समूहको १.९२ प्रतिशतले, फाइनान्स समूहको १.३५ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३३ प्रतिशतले, बैंकिङ र होटल तथा पर्यटन समूह समान १.१४ प्रतिशतले बढेका छन् ।
तर, ३५ अंक माथिले बढेको बजारमा आज जम्मा २ अर्ब १२ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ । आज नेष्ठो लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण