चीनले दियो अमेरिकालाई धम्की : नेन्सी ताइवान गइन् भने गम्भीर नतिजा भोग्नुपर्ने

चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीले ताइवानको यात्रा गरिन् भने आफूले कडा कदम चाल्ने चेतावनी दिएको छ । मिडियामा नेन्सी पलोसी ताइवानको यात्रा गर्न लागेको खबर आइरहेको छ ।
चीनमा विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनले ताइवान र अमेरिकाका बीच कुनै पनि आधिकारिक सम्पर्कको विरोध गर्छ र अमेरिकाको नेन्सी पोलिसीको यात्रा रद्द गर्नुपर्ने बताएको छ ।
चीनले एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा ठान्छ जबकी ताइवान आफूलाई एक स्वतन्त्र देश मान्छ र त्यहाँ जनताले छानेको सरकार पनि छ । जाओ लिजियानले भने, ‘यदि नेन्सी पेलोसीले ताइवानको यात्रा गरिन् भने यसको नतिजा अमेरिकाले भोग्नुपर्नेछ । ’
China warns of strong measures if U.S. Speaker Pelosi visits Taiwan https://t.co/SUgzfOnP8v pic.twitter.com/wuRmGDIlIR
— Reuters (@Reuters) April 7, 2022
यद्यपि, उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् । सन् १९९७ मा अन्तिम पटक अमेरिकी संसदका कुनै सभामुखले ताइवानको यात्रा गरेका थिए । नेन्सी पलोसी चीनको कडा आलोचक हुन् र थुप्रै मौकामा उनले मानवाधिकार उल्लंघनको आरोप लगाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम