नेपालमा वायु प्रदूषणले वर्षेनी ३७ हजार मृत्यु
आज विश्व स्वास्थ्य दिवस । नेपालमा पनि वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रीत भई विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा विश्व स्वास्थ्य दिवस दिवस “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ मनाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकुद्वारा आयोजित कार्यक्रममा सहभागीहरुले जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको कार्यक्रमका सहभागीहरुले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश संभाजीराव पाण्डवले वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन नसक्ने बताएका छन् । वातावरण स्वास्थ्यसम्बन्धी नीतिहरु भएपनि कार्यान्वयनमा प्रभावकारिता नभएको उनले बताए ।
यस्तै, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गरेको मन्त्रालयको दावी छ । नेपालमा वर्षेनी वायु प्रदूषणले गर्दा ३७ हजार ६८३ जना र सुर्तीजन्य रोगबाट २७ हजार १०० जनाको अकालमै मृत्यु हुने गरेको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनकाअनुसार प्रत्येक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसहरुको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारण पनि गर्छन् । विश्वमा प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट ८ लाख २९ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण