आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

२४ घण्टामा ७ जनामा कोरोना संक्रमण, देशभर ७४७ जना सक्रिय संक्रमित

बिहीबार, २४ चैत २०७८, १५ : २४
बिहीबार, २४ चैत २०७८

पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४६६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।

मन्त्रालयका अनुसार अहिले देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् भने ५००९३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप