मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुवात
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर) को सुरुआत गरेकी छन् । वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्तर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा पाउनेछन् । खोकनामा आज आयोजित एक कार्यक्रममा मन्त्री भुसालले वडाबासीको स्वास्थ्योपचार सुधारका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले खोकनावासीका लागि आवश्यक पर्ने विद्युत्, सडक एवं सिँचाइका साथै अन्य आधारभूत आवश्यकताका लागि आफूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा जनताको आवश्यकता पूर्ति गर्नका लागि पर्ने धारणा राखिन् ।
कोभिड–१९ सङ्क्रमणको महाविपत्तिका समयमा पनि वडाले जनस्वाथ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले नागरिकको स्वास्थ्यमा ध्यान दिएकामा वडाका जनप्रतिनिधिलाई धन्यवाद दिए । मन्त्री भुसालले भनिन्, “तोरीको तेलका कारण चिनिने खोकनामा तोरी पेल्ने मिल, सम्पदाको संरक्षण एवं जनताको आवश्यकता पूरा गर्नका लागि वडा सक्षम भएको छ ।” जनताको घर आँगनमै स्थानीय सरकारले जनतालाई महत्वपूर्ण स्वाथ्य सेवा उपलब्ध गराएर वडाले सराहनीय कार्य गरेको बताइन् ।
सो अवसरमा रुद्रायणी पञ्चताल गुठीलाई अक्षय कोषका लागि रु पाँच लाख बराबरको सहयोग ऊर्जामन्त्री भुसालले हस्तान्तरण गरिन् । कार्यक्रममा वडाध्यक्ष रवीन्द्र महर्जनले आफ्ना वडावासीलाई निरन्तर सेवा उपलब्ध गराएको र आगामी दिनमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई स्कार्पियो चढाएर भारतबाट ल्याइएको थियो नेपाल
-
नार्क र भारतीय कृषि प्रतिनिधिमण्डलबिच छलफल
-
दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ
-
धितोपत्र बोर्डको संरचना परिवर्तन गर्न आयोगको सुझाव
-
व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी