बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने

बिहीबार, २४ चैत २०७८, १४ : ५८
बिहीबार, २४ चैत २०७८

काठमाडौं, चैत २३ गते । स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ । बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको विहिबार आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको थियो ।

चैत्र २५ गते सार्वजनिक गरिने यस एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने बोर्डका सूचना अधिकारी सोभियत रिजालले बताए । एचआईबी नामक मोबाइल एप्लिकेसन स्वास्थ्य बीमा दिवसको अवसरमा सार्वजनिक गरिनेछ । एचआईबी एप्लिकेसनबाट नवीकरण गर्ने समय भए नभएको समेत थाहा पाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप