अध्यक्ष ठाकुर डिस्चार्ज
मेडिसिटी अस्पतालमा उपचार गराइरहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर स्वास्थ्य लाभ गरि डिस्चार्ज भएका छन् । हिजो बिहान भैरहवामा उनको स्वास्थ्य अवस्था खराब भएपछि थप उपचारका लागि हेलिकप्टरबाट उनलाई काठमाडौँ ल्याएर मेडिसिटीमा भर्ना गरिएको थियो । उनी पार्टीको कार्यक्रममा भैरहवा पुगेका थिए ।
हिजो दिनभर उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । सम्पूर्ण जाँच परीक्षणपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पताललाई अध्यक्ष ठाकुरलाई डिस्चार्ज गरेको लोसपाका कार्यकारिणी सदस्य उमाकान्त झाले बताए ।
भैरहवामा राती ज्वरो र झाडापखाला सुरु भएको थियो । त्यसपछि बिहान त्यहीको स्थानीय अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो । स्वास्थ्य जाँचपछि थप उपचारका लागि अध्यक्ष ठाकुरलाई काठमाडौँ पठाइएको थियो । उनलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतका व्यक्तिहरु अस्पताल पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या