बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो

बिहीबार, २४ चैत २०७८, १४ : ०२
बिहीबार, २४ चैत २०७८

बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो । 

चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार रुपैयाँको तास आयात गरेको विभागले जनाएको छ । सो मूल्यमा ९४ लाख २ हजार १०७ प्याकेट तास भित्रिएको छ । ती तास भित्र्याउँदा सरकारले ९ करोड ८२ लाख ७५ हजार रुपैयाँ राजस्व उठाएको छ । 

नेपालमा चीन, फ्रान्स, हंगेरी, भारत र अमेरिकाबाट तास आउने गरेको छ ।  पछिल्लो सात महिनामा चीनबाट १७ करोड १८ लाख ६८ हजार रुपैयाँमा ७७ लाख ७१ हजार १३४ प्याकेट तास नेपाल आएको छ । सोही समयमा भारतबाट १ करोड ४७ लाख ७१ हजार रुपैयाँमा १६ लाख ३० हजार ९२१ प्याकेट तास नेपाल भित्रिएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७–७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास नेपालले आयात गरेको थियो । यस वर्ष चीनबाट मात्र २६ करोड ३२ लाख ४ हजार रुपैयाँको तास नेपालमा आएको थियो । ब्राजिल, जर्जिया, बेलायत, अस्ट्रेलियाबाट पनि यस वर्ष तास भित्रिएको थियो । 

आर्थिक वर्ष २०७६–७७ मा २३ करोड ५४ लाख ९३ हजार रुपैयाँको १ करोड ३२ लाख ६७ हजार ६२२ प्याकेट तास नेपाल भित्रिएको विभागले जनाएको छ ।  आर्थिक वर्ष २०७५–७६ मा निकै कम तास नेपाल भित्रिएको थियो । उक्त वर्ष २५ हजार रुपैयाँको तास मात्र नेपाल भित्रिएको थियो । त्यसपछिका वर्षहरुमा भने तास ठूलो मात्रामा नेपाल भित्रिदै आएको विभागको तथ्याङ्कले देखाउँछ । 

भन्सारको तथ्याङ्कले वर्षेनी करोडौं रुपैया तास आयात गर्दा विदेशिने गरेको देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप