मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सुजैन खानकी साथी भनिएकी सबा आजाद को हुन् ? जसलाई ऋतिक रोशनकी प्रेमिका भनिँदैछ

बिहीबार, २४ चैत २०७८, १३ : २१
बिहीबार, २४ चैत २०७८

बलिउड अभिनेता ऋतिक रोशन आजकाल चर्चामा छन् र यसको कारण हुन् उनकी साथी सबा आजाद जोसँग हालै ऋतिक रोशनलाई मुम्बई विमानस्थलमा हात समातेर बाहिर निस्किरहेको देखिएको थियो । फिल्म ‘कहो ना प्यार हे’ बाट करियरको सुरुवात गर्ने ऋतिक रोशन हिन्दी फिल्म इन्डष्ट्रिका चर्चित अभिनेताको रुपमा परिचित छन् ।

सन् २००० मा उनले आफ्नी प्रेमिका सुजैन खानसँग विवाह गरे । सन् ०१४ मा दुबै आपसी सहमतिले अलग्गिए । यद्यपि, त्यसपछि पछि थुप्रै मौकामा ऋतिक र सुजैनलाई एक–अर्कासँग देखियो । तर पछिल्ला केही समयदेखि सबा आजादसँग उनको दोस्ती र सम्बन्धको चर्चा हुन थाल्यो ।

सबा आजादको नाम पहिलो पटक रोशनसँग त्यतिबेला जोडियो जब रोशन परिवारको एक पारिवारिक समारोहमा ऋतिक रोशनका काका राजेश रोशनले प्रशंसकसँग एउटा फोटो साझा गरे जसमा परिवारसँग सबा आजाद पनि देखिएकी थिइन् ।​ ऋतिक रोशन धेरैजसो सबा आजादको सोसल मिडिया कन्टेन्टमा देखिन थाले ।

को हुन् सबा आजाद ?

सबा आजादको वास्तविक नाम सबा सिंह ग्रेवाल हो । १ नोभेम्बर सन् १९९० मा दिल्लीमा पञ्जाबी र कश्मिरी आमाबुवाको घरमा जन्मिएकी सबाले सोसल मिडियामा आफ्नो नाममा आजाद राख्नुको कारण बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले आफ्नो नाम सबा ‘आजाद’ यसकारण राखेँ किनभने म आफूले आफैंलाई कुनै पनि प्रकारको ट्यागबाट स्वतन्त्र राख्न चाहन्छु र आफ्नो पहिचान आफैं बनाउन चाहन्छु ।’

उनको नामका लागि उनलाई असाध्यै ट्रोल गरिएको  थियो । उनी थिएटर दुनियाँका महान कम्युनिष्ट लेखक–निर्देशक सफदर हाशमीकी भाञ्जी हुन् । उनी आफ्ना मामाको थिएटर ग्रुप सफदर जन नाट्य मञ्चमा बाल्यकालदेखि नै जोडिएकी थिइन् । सबा आजादले थिएटरका थुप्रै चर्चित व्यक्तिसँग काम गरिन् जसमा एम के रैना, हबिब तनवीर, जी पी देशपाण्डे र एनके शर्मा जस्ता हस्ती समावेश छन् ।

सबाले विभिन्न खालको डान्स सिकेकी छिन् र ओडिशी शास्त्रीय नृत्य पनि सिकेकी छिन् । आफ्नो गुरु किरण सहगलसँग उनले विदेशमा पनि प्रस्तुती दिएकी छिन् ।

सबा आजाद पृथ्वी थिएटरमा कमरन्द देशपाण्डेद्वारा निर्देशित टु म्यान प्लेमा अभिनयमार्फत् मुम्बईमा आफ्नो कदम राखेकी थिइन् ।

उनले अभिनयको सुरुवात इशान नायरको शर्ट फिल्म गुरुरबाट गरिन् जसलाई न्युयोर्क र फ्लोरेन्सका थुप्रै अन्तरराष्ट्रिय फिल्म फेस्टिबलमा समावेश पनि गरियो ।

हिन्दी फिल्मको यात्राः

हिन्दी फिल्ममा २००८ मा सबाले राहुल बोससँग फिल्म ‘दिल कब्बडी’ बाट यात्रा सुरु गरे । सन् २०११ मा सबा यशराजको फिल्म मुझसे फ्रेन्डशिप करोगेमा साकिब सलिमसँग देखिएकी थिइन् । हालै, उनी रकेट बोयज सिरिजमा परवाना इरानीको भूमिकामा देखिएकी थिइन् जसमा उनले निकै तारिफ पाइन् ।

सन् २०१० मा सबाले आफ्नो थिएटर ग्रुपको स्थापना गरिन् जसको नाम ‘द स्किन’ हो ।

यसअघि प्ले ‘लवप्यूक’ को निर्देशन सबा आफैंले गरिन् । यसको पहिलो शो मुम्बईको नेशनल सेन्टर फर परफर्मिङ आर्टस् एक्सपेरिमेन्टल थिएटरमा सेप्टेम्बर सन् २०१० मा पहिलो पटक मञ्चित गरियो ।

सङ्गीतमा रुची राख्ने सबाले थुप्रै हिन्दी फिल्ममा गीत पनि गाएकी छिन् । शानदार फिल्मको ‘निन्द ना मुझको आये’, कारवांको ‘भरदे हमारे गिलास’ र ‘मर्द को दर्द नहीं होता’ को ‘नखरेवाली’ मा उनले आफ्नो स्वर दिएकी छिन् ।

सबा आमिर खानको फिल्म धूमको एन्थम गीतको हिस्सा पनि रहिन् । नसिररुद्दीन शाहका जेठो छोरा इमाद शाहसँग उनले मिलेर सन् २०१२ मा चर्चित इलेक्ट्रोनिक ब्यान्ड मेडबोय मिंकको स्थापना गरिन् । मिडिया रिपोर्टका अनुसार सबाको थुप्रै वर्षसम्म इमाद शाहसँग प्रेम प्रसङ्ग चल्यो । प्रेम प्रसङ्ग समाप्त भएपछि पनि उनीहरुले आफ्नो म्युजिक ब्यान्ड कायम राखे र उनीहरुले सँगै मिलेर थुप्रै शो पनि गर्ने गर्छन् ।

जनवरी सन् २०२० मा शाहिन बागमा भएको सिएए आन्दोलनमा पनि सबा आजादले भाग लिएकी थिइन् जसमा उनले इन्डिया पिपल थिएटर असोसिएशनको गीत ‘तू जिन्दा हे’ गाएकी थिइन् । सबाले फैज अहमदको कविता ‘बोल के लब आजाद है’ पनि दर्शकलाई सुनाएकी थिइन् ।

भारतीय मिडिया आजतकले सबा ऋतिककी पूर्व पत्नी सुजैन खानकी साथी भएको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप