नेपालमा श्रीलङ्काको त्रासदी, अर्थतन्त्र सङ्कटमै हो ?
यतिबेला मुलुकको अर्थतन्त्रलाई लिएर सबैजसो क्षेत्र तरङ्गित छ । संकटउन्मुख अर्थतन्त्रको विषयले नछोएको सायदै कुनै क्षेत्र होला । बढ्दो आयात, घट्दो रेमिट्यान्ससँगै चुलिएको व्यापार घाटामा थप विदेशी मुद्राको सञ्चितिमा समेत तीव्र दबाब पर्न थालेपछि यतिखेर सबैले मुलुकको अर्थतन्त्रलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् ।
न्यून विदेशी मुद्राको सञ्चितिकै कारण कागज,मसी समेत किन्न नसक्ने अवस्थामा पुगेको श्रीलङ्काको उदाहरण लिँदै अहिले, कतै नेपाल पनि दोस्रो श्रीलङ्का त बन्दै छैन ? भन्ने जस्ता चिन्ताहरू व्यक्त हुन थालेका हुन् । थप पछिल्ला दिनमा राष्ट्र बैंकले आयात नियन्त्रणमुखी एकपछि अर्को ठाडो निर्देशन जारी गर्न थालेपछि यसले सबैतिर तरङ्ग मच्चिएको छ ।
गत सोमबार मात्रै राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई बोलाएर अत्यावश्यक बाहेकका सबै विलासी वस्तुहरूको आयात प्रतितपत्र (एलसी) पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको छ । उसो त यसअघि नै राष्ट्र बैंकले ४७ प्रकारका एचएस कोण भएका वस्तुहरूको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म एलसी मार्जिनको व्यवस्था लागू गरेको थियो । थप पछिल्लो पटक अर्थमन्त्रीलाई नै पत्र लेख्दै गभर्नरले १५ बुँदे सुझाव दिएपछि मुलुकको अर्थतन्त्र ठीक अवस्थामा नरहेको प्रष्ट भएको छ । यसले सबैतिर तरङ्ग ल्याएको छ । जसका कारण यतिखेर सरोकारवाला पक्ष, राजनीतिज्ञदेखि उद्योगी, व्यवसायी, बैंकर्स, उद्यमी, व्यापारी, कर्मचारीदेखि सामान्य भन्दा सामान्य व्यक्ति समेत सशङ्कित हुन पुगेका छन् । यसको तीव्र दबाब सरकारमा परेको छ ।
के साँच्चै मुलुकको अर्थतन्त्र चिन्ताजनक छ ?
खास गरी यतिखेर मुलुकको आयात/निर्यातले भन्दा पनि निरन्तर घट्दो विदेशी मुद्राको सञ्चितिले सबैमा चिन्तित बढाएको हो । आयात बढे पनि रेमिट्यान्स बढेको भए र पर्याप्त विदेशी मुद्राको सञ्चिति भएको भए समस्या पर्ने थिएन । तर अहिले विदेशी मुद्राको सञ्चिति नराम्रोसँग निरन्तर घटिरहेको छ । यसले समस्या पारेको हो ।
सामान्यतया यसअघि मुलुकसँग सदरदर ८–१० महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्राको सञ्चिति हुन्थ्यो । तर, पछिल्लो समय तीव्र आयातका बाबजुद अपेक्षित रेमिट्यान्स तथा अन्य मुद्राको स्रोतहरू बढ्न नसक्दा विदेशी मुद्राको सञ्चिति घटेर न्यूनतम ७ महिनाको आयात पनि धान्न नपुग्ने अवस्था पुगेको छ । यो चिन्ताको विषय हो । यस्तो समस्या अहिले श्रीलङ्काले १ अर्ब अमेरिकी डलर बराबरको पनि सञ्चिति नहुँदा ठूलो समस्या भोगिरहेको छ ।
कसरी घट्दैछ विदेशी मुद्राको सञ्चिति ?
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म मुलुकको विदेशी मुद्राको सञ्चिति घटेर ९ अर्ब ७५ करोड अमेरिकी डलरमा झरेको छ । यस्तो सञ्चितिले अहिलेकै दरमा जम्मा ६.७ महिनाको मात्रै वस्तु तथा सेवाको आयात धान्न पुग्छ । जबकी अघिल्लो आर्थिक वर्षको साउन मसान्तसम्म हामीसँग अधिकतम १५.६ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो । यद्यपि, कोभिड–१९ पछि विस्तारै लयमा फर्किँदै गरेको मुलुकको रेमिट्यान्स आयातको दर बढ्दै गर्दा यता आयात कम भएकै कारण यस्तो सञ्चिति थुप्रिन पुगेको थियो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा १९.६ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड रुपैयाँ बराबरको मात्र आयात हुँदै गर्दा यता निर्यात ८.९ प्रतिशतले बढेर ९ अर्ब ६२ करोड रुपैयाँ माथि पुगेको थियो । यस्तै, सोही अवधिमा यता विप्रेषण आप्रवाह (रेमिट्यान्स) समेत अधिकतम २३ प्रतिशतले बढेर ९२ अर्ब ९१ करोड पुगेको थियो । यसैले सो समयमा मुलुकसँग पर्याप्त विदेशी मुद्राको सञ्चिति रहेको थियो । तर अहिले निरन्तर घट्दो रेमिट्यान्सकाबीच तीव्र आयातका कारण विदेशी मुद्राको सञ्चितिमा दबाब परिरहेको छ ।
तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष, २०७७/७८ को साउन मसान्तमा १२ अर्ब २ करोड अमेरिकी डलर रहेको विदेशी मुद्राको सञ्चिति उतारचढावका बीच चालु आर्थिक वर्षको ७ महिनासम्म आइपुग्दा ९ अर्ब ७५ करोडमा झरेको छ । खास गरी गत वर्षको चैतदेखि बढ्न थालेको आयातले रेमिट्यान्सलाई समेत प्रभाव पार्दा निरन्तर विदेशी मुद्रा सञ्चितिमा दबाब परिरहेको तथ्याङ्कले देखाउँछ ।
यस्तो छ विदेशी मुद्रा सञ्चितिको घट्दो ग्राफ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमननाथको अन्तिम संस्कारबारे निर्णय गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक
-
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग
-
माओवादीले आशा गरेको ग्रामथान र बलिया प्रतिस्पर्धी
-
१० बजे, १० समाचार
-
पृथ्वी राजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
-
जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा