गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, बडूको मन्त्रालय फेरियो
बिहीबार, २४ चैत २०७८, १२ : ५४
![गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, बडूको मन्त्रालय फेरियो](https://rpcdn.ratopati.com/media/albums/badu-bandi_E23RDyNVP2.jpg)
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए ।
यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए । काँग्रेस र गठबन्धनभित्र छलफलपछि यो निर्णय लिइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह
-
फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित छन् : वसुन्धरा भुसाल
-
‘मलाई प्रेम प्रस्ताव राख्न आँट गर्दैनन्’