गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, बडूको मन्त्रालय फेरियो
बिहीबार, २४ चैत २०७८, १२ : ५४
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए ।
यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए । काँग्रेस र गठबन्धनभित्र छलफलपछि यो निर्णय लिइएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण