कोरोनाको XE भेरियन्ट भेटिएकोमा महाराष्ट्र सरकारले दियो स्पष्टिकरण
भारतको महाराष्ट्रको स्वास्थ्य मन्त्रीले कोरोनाको एक्सई भेरियन्टको पहिलो संक्रमित भेटिएको भन्ने खबरमा स्पष्टिकरण दिएका छन् ।
स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा यो हालसम्म पुष्टि भइनसकेको बताएका छन् । उनले भने, ‘एक्सई (कोरोनाको नयाँ भेरियन्ट) बारे पुष्टिका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी आधिकारिक संस्था हो । हामीले स्याम्पल पठाएका छौँ । हालसम्म पुष्टि भइसकेको छैन ।’
XE(कोरोना का नया वेरिएंट) के बारे में पुष्टि के लिए नेशनल इंस्टीट्यूट ऑफ वायरोलॉजी(NIV) अधिकृत संस्थान है। हमने सैंपल भेजे हैं, अभी तक पुष्टि नहीं हुई है। XE वेरिएंट में संक्रमण 10% तेजी से फैलता है, इसके अलावा घबराने की कोई बात नहीं है: राजेश टोपे, महाराष्ट्र स्वास्थ्य मंत्री pic.twitter.com/UODfnq7OD2
— ANI_HindiNews (@AHindinews) April 7, 2022
उनका अनुसार एक्सई भेरियन्टमा संक्रमण ओमिक्रोनको तुलनामा १० प्रतिशत तीब्र रुपमा फैलिने बताइएता पनि डराइहाल्नुपर्ने स्थिति छैन ।
एकदिन अघि बीएमसीले मुम्बईमा एक्सई भेरियन्टद्वारा एकजना संक्रमित भएको जानकारी दिएको थियो । यद्यपि, पछि केन्द्रले यसको पुष्टि नगरेको भन्ने खबर मिडियामा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलर, चिनिया युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, कसको कति ?
-
सिरियामा सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्ने चेतावनी
-
कर्णालीमा धान उत्पादनमा वृद्धि
-
वुमन्स च्याम्पियन्स लिग : चेल्सीको लगातार छैठौं जित, रियाल स्तब्ध
-
विश्वशान्ति र प्राणी कल्याणका लागि लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा