आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन युद्धको ४२ दिन : यस्तो छ पछिल्लो अवस्था

बिहीबार, २४ चैत २०७८, ११ : ३२
बिहीबार, २४ चैत २०७८

रुसले युक्रेनमाथि हमला गरेको ४२ दिन पुरा भएको छ । यो ४२ दिनको अवधिमा युक्रेनमा  ठूलै  क्षति पुगेको छ । रुस र युक्रेन बीचको हालसम्मको स्थितिलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौ ।

पूर्वी युक्रेनको अवस्था
पूर्वी युक्रेनमा रुसको हमला तीव्र हुने अशंकाबीच डोनबासबाट हजारौ मानिस भाग्ने कोशिश गरिरहेका छन् । युक्रेनका अधिकारीले पनि मानिसहरुसँग शहर छाड्नका लागि अपील गरेका छन् । दोनेत्स्क र लुहान्स्क मिलेर बनेको डोनबास क्षेत्रलाई नियन्त्रणमा लिनका लागि रुसी सेनाले युक्रेनी बललाई घेर्ने कोसिस गरिरहेको छ ।

पूर्वी क्षेत्रमा आफ्नो सैन्य कारबाही बढाउनका लागि किभ र चेर्निभिभबाट रुसले आफ्नो सेना फिर्ता बोलाएको अमेरिकाले बताएको छ । स्थानीय अधिकारीका अनुसार होस्तोमेल क्षेत्रबाट ४०० भन्दा बढी मानिस बेपत्ता भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमरि जेलेन्स्कीले बिहीबार बिहान रुसमा अन्तर्राष्ट्रिय प्रतिबन्ध अत्यन्त कमजोर भएको बताएका छन् । यस किसिमको हलुका प्रतिबन्धले आक्रमणकारीहरुको मनोबल बढ्ने र उसलाई अप्रत्यक्ष रुपमा हमला जारी राख्न अनुमती दिएको उनले आरोप लगाएका छन् ।

रुस–युक्रेन युद्धबारे प्रतिक्रिया 
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू र  उनका नजिकका मानिसमाथि प्रतिबन्ध लगाउन सुरु गरिसकेको छ । बेलायत र अमेरिका दुवैले रुसकै सर्वाधिक ठूलो बैंक (स्बरबैंक) को सम्पत्ति जफत गरेका छन् ।
युरोपेली संघका नेता पनि रुसप्रति अतिरिक्त प्रतिबन्ध लगाउने विषयमा विमर्श गरिरहेका छन् ।

उनीहरुले रुसको कोइलामाथि प्रतिबन्ध लगाउने विषयमा समेत छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जानकारी दिएका छन् । केही वरिष्ठ नेताहरुले भने तेल र ग्यासमाथि पनि रोक लगाउन जरुरी भएको प्रतिक्रिया दिइरहेका छन् ।  

उता, धर्मगुरु पोप फ्रान्सिसले युक्रेनको बुचा शहरमा भएको नरसंहारको निन्दा गरेका छन् । यद्यपि रुसले भने यो आरोपको लगातार खण्डन गर्दै आएको छ । बिहीबार संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदमा रुसको सदस्यता कायमै राख्ने वा नराख्ने भन्ने विषय मतदान हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप