बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ अमेरिकी डलरको भाउ, अन्य देशको मुद्राको विनिमयदर कति ?

बिहीबार, २४ चैत २०७८, १० : ३८
बिहीबार, २४ चैत २०७८

आज एक अमेरिकी डलरको खरिददर १२०.९२ रुपैयाँ र बिक्रीदर १२१.५२ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको बिक्रीदर १२१ रुपैयाँभन्दा माथि कायम भएको जनाएको हो । यसैगरी, एक यूरोको खरिददर १३१.८५ रुपैयाँ र बिक्रीदर १३२.५१ रुपैयाँ तथा स्र्टलिङ पाउण्डको खरिददर १५८.१५ रुपैयाँ र बिक्रीदर १५८.९४ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९१.५५ रुपैयाँ र ९२ रुपैयाँ छ ।

यता सिंगापुर डलरको खरिददर ८८.८६ रुपैयाँ छ भने बिक्रीदर ८९.४० रुपैयाँ तथा १० जापानी येनको खरिददर ९.७६ रुपैयाँ कायम हुँदा बिक्रीदर ९.८० रुपैयाँ कायम छ । १९.०१ रुपैयाँमा खरिद भइरहेको चिनियाँ युवानको बिक्रीदर १९.१९ रुपैयाँ छ । यस्तै, ३२.२४ रुपैयाँ खरिद मूल्य तोकिएको साउद रियालको बिक्रीदर ३२.४० रुपैयाँ छ भने ३३.०९ रुपैयाँमा खरिद भइरहेको कतारी रियालको बिक्री मूल्य ३३.२६ रुपैयाँ छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको खरिददर ३२.९२ रुपैयाँ हुँदा ३३.०९ रुपैयाँ बिक्रीदर तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यस्तै, मलेसियाको रिंगटको खरिद मूल्य २८.६९ रुपैयाँ र बिक्रीमूल्य २८.८३ रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप