अन्तरवार्ता

काँग्रेसले नेपालगञ्ज माओवादीलाई छाड्नुपर्छ : नन्दलाल वैश्य

‘माओवादीको वैशाखी टेक्ने केपी ओलीले ठूलो कुरा नगरे हुन्छ’

person explore access_timeचैत २४, २०७८ chat_bubble_outline0

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा एकजना माओवादीमा लागेका व्यापारी पृष्ठभूमिका नेता भेटिए– नन्दलाल वैश्य । हामीले सोध्यौं– ‘माओवादी त सर्वहाराको पार्टी हो भन्छन् । तर, नेपालगञ्जमा तपाईंंहरु जस्ता वैश्य समुदायका उद्योगी, व्यापारीहरू किन माओवादीमा लाग्नुभयो ?’


नेपालगञ्ज उपमहानगरपालिकामा ०७४ को चुनावमा मेयरका प्रतिस्पर्धी रहेका माओवादी नेता दामोदर शर्माको तीन साता अघि क्यान्सरका कारण निधन भयो । उनी पनि उद्योग वाणिज्य संघका नेता थिए । उनी नेपालगञ्जमा लोकप्रिय मानिन्थे । देशैभरिका ११ उपमहानगरपालिकामध्ये माओवादीले राम्रो भोट पाएको उपमहानगर पनि यही नेपालगञ्ज नै थियो ०७४ सालमा ।



दामोदर शर्माको निधनपछि आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा माओवादीबाट मेयरका दाबेदार मध्येका एक हुन् नन्दलाल वैश्य । मारवाडी वैश्य समुदायमा राम्रो प्रभाव रहेका उनी पनि उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका माओवादी नेता हुन् ।



नेपालगञ्जमा यसअघि राप्रपाका महामन्त्री धवलशमशेर जबराले मेयर पदमा जितेका थिए । सुरुमा एमालेबाट मेयर बनेका उनी दोस्रो कार्यकालमा भने राप्रपा बने । अहिले धवलले मेयरमा दाबी नगर्ने बताएपछि यहाँ एमाले, काँग्रेस, माओवादी र जसपाबाट प्रतिस्पर्धीहरू मैदानमा खडा भएका छन् । माओवादीका नेता वैश्य आफूले टिकट पाए यसपालि नेपालगञ्ज माओवादीले जित्ने दाबी गर्छन् ।

हामीले नेकपा एमालेका पशुपति दयाल मिश्रा र काँग्रेस नेतृ एवं वर्तमान उपमेयर उमा थापा मगरसँग कुराकानी गरिसकेपछि माओवादी नेता नन्दलाल वैश्यसँग नेपालगञ्जको चुनावी अवस्थाबारे कुराकानी गरेका छौँ ।

प्रस्तुत छ, रातोपाटीले माओवादी नेता वैश्यसँग गरेको कुराकानीको अंश–

भनिन्छ, माओवादी त सर्वहाराको पार्टी हो । तर, नेपालगञ्जमा तपाईंंहरु जस्ता वैश्य समुदायका उद्योगी, व्यापारीहरू किन माओवादीमा लाग्नुभयो ?

एउटै कारण छ । जो मान्छेले जुम्ला गएर त्यहाँको चिसो हावा खाएको छैन, त्यसलाई जुम्ला टाढै लाग्छ । जो मान्छे जुम्ला पुग्छ, उसले मात्र बुझ्छ । त्यो भएर जो मान्छेले माओवादीको कुरा बुझिसकेको छ, ऊ माओवादीमा लाग्छ । माओवादीले यति ठूलो आन्दोलन गर्‍यो, रगत बगायो । यहाँ मधेसीको अधिकार थिएन ।

माओवादीले नेतृत्व लिन सकेन । केही समय प्रचण्डजी प्रधानमन्त्री हुनुभयो । तर, छक्याएर पछि हट्नुपर्ने बाध्यता आयो । यदि माओवादीले पाँच वर्ष नेतृत्व लिन सकेको भए यो देशको कायापलट गर्न सक्छ ।

पहिला यहाँ राजाहरूको घोडा आउँथ्यो, हाम्रा बुबाहरू सलाम गर्नुहुन्थ्यो । त्यो गरेन भने कोर्रा खाइन्थ्यो । त्यस्तो समय थियो । आफ्नो भाषामा बोल्न सकिन्नथ्यो । धोती लगाएर हिँड्यो भने यो देशी हो भन्थे । त्यस्तोखालको अवस्थाको अन्त्य गर्ने अरू कोही नभएर माओवादी नै हो ।

थारुहरूमाथि ठूलो शोषण थियो । आज थारुहरू आफ्नो अधिकारका लागि लडाइँ लडिरहेका छन् । अहिले मुस्लिमहरू पनि बोल्न सकिरहेका छन् । उनीहरूको अधिकार सुनिश्चित थिएन, अहिले अधिकारको लडाइँ लड्न सकिरहेका छन् । माओवादीबाट नै मैले व्यापार संघको चुनाव जितेँ ।

मान्छेहरूले भन्छन् माओवादीले युद्ध गरेछ, मान्छे मरेछन् । ए.. बाबा.. महाभारतमा पनि त मान्छे मरेका छन् । कुनै राम्रो काम हुन युद्ध हुन्छ । त्यो समयमा घटनाहरू पनि हुन्छन् । तर, उहाँहरूको बलिदानी र त्यागलाई सार्थकता दिने हामीले हो ।

तर, माओवादीले नेतृत्व लिन सकेन । केही समय प्रचण्डजी प्रधानमन्त्री हुनुभयो । तर, छक्याएर पछि हट्नुपर्ने बाध्यता आयो । यदि माओवादीले पाँच वर्ष नेतृत्व लिन सकेको भए यो देशको कायापलट गर्न सक्छ । अहिले जनतामा एक किसिमको चेतना बढेको छ । यदि  माओवादीलाई जिताइयो भने यो देशमा केही हुन्छ भन्ने खालको जागरण पैदा भएको छ । यो मेरो भनाइ होइन, म पार्टीको मान्छे हो, जनताको हो ।

अहिले दुनियाँ पार्टी फुटे, माओवादी फुटेको छैन । अरूले हाम्रो वैशाखी टेकेर थुप्रै लाभ लिए । यदि माओवादी खराब भए किन माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री हुनु ? ओलीजी पनि ठूलाठूला  कुरा गर्नुहुन्छ, तर जहिले प्रधानमन्त्री बन्दा हाम्रै वैशाखी टेकेर हुनुभयो । यस कारण यो माओवादी नै रहेछ काम गर्ने भनेर लोकले बुझिरहेको छ ।

तपाईं अहिले माओवादी केन्द्रको कुन जिम्मेवारीमा हुनुहुन्छ ?

म नगरको सहसचिव पदमा छु । मैले नगरमा कमिटीहरू गठन गर्ने, नगरमा मुस्लिम, मधेसी समुदाय र अन्यलाई पार्टीमा ल्याउनका लागि टोल–टोलमा कमिटी गठन गरिरहेको छु । अहिले हाम्रा २३ वटा टोल कमिटी गठन भइसकेका छन् । विभिन्न जातजाति र महिलाहरूको कमिटी गठन गरिएको छ । यी सबै गठनका लागि एक चरणको सबै काम सकिएको छ । अब हामी अर्को चरणको तयारीमा छौँ ।

नेपालगञ्जमा अहिले के चाहिएको छ भन्ने सबैले बुझेका छन् । आकाशे पुल चाहिएको छ, गरिबहरूलाई रोजगारीको व्यवस्था चाहियो । महिलाहरूलाई पनि रोजगारी चाहिएको छ । मेरो सोच यहाँका लघु उद्योगमा लगाएर महिलाहरूलाई कम्तीमा ४ घण्टा काम गरेर एक हजार कमाउने वातावरण बनाउनेतर्फ छ ।

तपाईंं माओवादीको तर्फबाट नगरपालिकाको उम्मेदवार बन्ने चर्चा रहेछ नि बजारमा ?

विलकुल सही चर्चा हो । यो चर्चा दुई वर्षदेखि छ । मैले उद्योग वाणिज्य संघको तीन वर्षे कार्यकाल अध्यक्ष भएर चलाइसकेको छु । मसँग अनुभव पनि छ । यहाँ बसोबास गर्ने सम्पूर्ण जातजातिहरूको विषयमा समुदायका लागि पनि काम गरेको छु । त्यसैबाट मेरो आधार बनेको छ । जब मैले उद्योग वाणिज्य संघको कार्यकाल सकाएँ, त्यो बेलादेखि नै चलेको हो । त्योबेला मैले व्यापकरुपमा काम पनि गरेको छु ।

त्यतिबेला उद्योग वाणिज्य संघमा दुईजनाले ल्याएको मत भन्दा पनि मेरो अपार मत थियो । त्यो दुई कार्यकालमा मेरो कामले गर्दा सबैले तपाईंं अब मेयरमा लड्नु पर्छ भनेर भन्नुभयो । तर, मैले योजना बनाएको थिएन । किनभने म व्यावसायिक मान्छे हो । म त व्यापार बढाउन भनेर लागेको तर, जनताले तपाईंं सरल व्यक्ति हो, यहाँका मुस्लिम हुन्, चाहे पहाडी हुन्, चाहे मधेसी हुन्, तपाईं सबै नागरिकसँग मिल्ने मान्छे हो भनेर भनिरहनुभएको छ । मुस्लिम समुदायमा भएको समस्याको समाधान तपाईंंले नै गराउनुहुन्छ, तपाईंंसँग त्यो प्रकारको क्षमता छ भनेर सबैले भनिरहनुभएको छ ।

नेपालगञ्जमा अहिले के चाहिएको छ भन्ने सबैले बुझेका छन् । आकाशे पुल चाहिएको छ, गरिबहरूलाई रोजगारीको व्यवस्था चाहियो । महिलाहरूलाई पनि रोजगारी चाहिएको छ । मेरो सोच यहाँका लघु उद्योगमा लगाएर महिलाहरूलाई कम्तीमा ४ घण्टा काम गरेर एक हजार कमाउने वातावरण बनाउनेतर्फ छ ।

यहाँ १६ घण्टा लोडसेडिङ थियो । मैले उद्योग वाणिज्य संघको चुनाव लड्दाखेरि जितेको भोलिपल्टै काठमाडौँ गएर हामी १२/१३ दिन बस्यौँ । त्यतिबेला ऊर्जा मन्त्री जनार्दन शर्मा हुनुहुन्थ्यो । उहाँको सहयोग रह्यो ।

पहिला विद्युत् ५ मेगावाट भारतबाट ल्याउने सम्झौता थियो । भारतमा चुनाव हुँदा हाम्रो लाइन काटिदिन्थ्यो ।  आफूलाई सहज हुँदा मात्रै हामीलाई २/३ मेगावाट दिन्थे । त्यो विद्युत्ले पुग्दैन भनेर मैले युपीका सीएमसँग सहकार्य गरेँ । अहिले २४ घण्टा बत्ती आएको यहाँका जनताले देखेका छन् । त्यसैले यहाँका जनता मलाई चाहन्छन् ।

अहिले गठबन्धन हुन्छ कि हुँदैन, यो अहिलेसम्म कसैले भन्न सकेको छैन । तर, मेरो सोच यो छ आफू मजबुत हुनुपर्‍यो । यो पहिलो पाटो हो ।

तर, अघिल्लो चुनावको नतिजा हेर्दा माओवादीको ४ हजार मत रहेको देखिन्छ । ४ हजारले चुनाव जितिन्छ त ?

अब यो विषयमा भन्दाखेरि धवलशमशेरको पार्टी नै थिएन । पूरै देशभरिमा राप्रपा कहीँ पनि जितेन तर धवलजीले जित्नुभयो । त्यसैले यहाँ व्यक्तिले पनि ठूलो प्रभाव पार्छ । पार्टीको भोट त छँदैछ, यो भनेको लोकल चुनाव हो । यहाँ पार्टीभन्दा पनि व्यक्ति खोजिन्छ । यहाँको समुदायका लागि चाहिने र कुरा सुन्ने व्यक्ति कुन हो ? त्यो हेर्ने भएको हुनाले मलाई विश्वास छ, म करिब–करिब २५ हजार मत ल्याउँछु । अन्यका कुरा सुनेर विश्वास गर्न मेरो आत्माले मान्दैन ।

२५ हजार मत ल्याएर जित्छु जस्तो लाग्छ ?

मेरो इच्छाले, मेरो आत्माले मैले अनुमान गरेको छु । तर, कुनै ग्यारेन्टी त हुँदैन ।

सत्तापक्षबीच गठबन्धन हुन्छ कि हुँदैन ?

अहिले गठबन्धन हुन्छ कि हुँदैन, यो अहिलेसम्म कसैले भन्न सकेको छैन । तर, मेरो सोच यो छ आफू मजबुत हुनुपर्‍यो । यो पहिलो पाटो हो । दोस्रो पाटो रह्यो गठबन्धनको । चुनाव लड्ने पुँजी भनेको हाम्रो यो समाज हो । समाजका आधारमा हो । यहाँ मुस्लिम समाजको मोटो भोट छ । अन्य समुदायको पनि मोटो भोट छ । यहाँका व्यापारीहरूको पनि भोट राम्रो छ । मेरो विगतको काम गरेको प्रभाव हुनाले २०/२० प्रतिशत तान्यो भने पनि मेरो मत १०० प्रतिशत पुग्छ । त्यसैले चुनाव जित्न मलाई धेरै समस्या लाग्दैन जस्तो लाग्छ । बाँकी जनताको र ईश्वरको हातमा छ ।

नेपाली काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीलाई माथिबाटै मिल भनेर निर्देशन आयो भने नि ? टिकट तपाईंंले नै पाउने निश्चित छ र ?

अब निर्देशन आयो भने पार्टीको चुनाव लडिन्छ, यो स्वाभाविक हो । यदि पार्टीले तपाईंं नन्दलालजी बस्नुपर्छ भनेपछि बस्नुपर्छ नै । त्यसैले पार्टीले गठबन्धन गर्‍यो भने त्यो पनि स्वीकार्य हुन्छ । मलाई नेपाली काँग्रेसले उत्तिकै माया गर्छ । जनता समाजवादीले पनि उत्तिकै माया गर्छ । यो नन्दलाल भनेको साझा व्यक्ति हो । त्यसैले उनीहरूलाई पनि लाग्छ होला नन्दलालजस्तो मान्छेलाई हामीले दियौँ भने भोलि हामी सबैको काम गर्छ । भोलि गठबन्धन भएको समयमा पनि मैले नै टिकट पाउँछु भन्ने विश्वासमा छु । यदि पाइनँ भने पनि जो पाउँछ, उसका लागि पनि उत्तिकै सहयोग गर्नेछु ।

अब ओलीको कति बढेछ, बढेको छैन, त्यसको जवाफ म दिन्नँ । तर पशुपतिजीको बढेको छैन । किनकि उहाँले धेरै पार्टी फेरिसक्नुभएको छ ।

गठबन्धन हुँदा तपाईंं उपमेयर हुन तयार हुनुहुन्छ ?

म उपमेयर त लड्दिनँ । कुनै पनि हालतमा उपमेयर लड्दिनँ । मेयरमै लड्छु । यदि उपमेयर हाम्रो भागमा पर्छ भने अन्य साथीहरू लड्छन् । उपमेयर भनेको त्यो खासमा महिलाको सीट हो । महिलाको सीट खोस्नु राम्रो हैन । यो समयमा महिला सहभागी पनि अति नै आवश्यक भएको समयमा म उपमेयर लड्दिनँ । त्यो अन्याय म गर्न सक्दैन ।

नेपालगञ्जमा काँग्रेसले एक्लै लड्ने भनेको छ, यदि सबै दल एक्लाएक्लै लडेको अवस्थामा के होला ?

स्वाभाविक हो । सबैले एक्लाएक्लै लडे पनि आफ्नो दम राख्नुपर्छ । त्यसैले साथीहरूको दम मिल्यो भने सुनमा सुगन्ध पनि हुन्छ । यदि आफ्नो दम छैन, साथीसँग मिलेर चुनाव लड्छु भन्नेको काम छैन । यो सोचमा नलडे पनि हुन्छ ।

एमालेका सम्भावित उम्मेदवार पशुपति दयाजीले दक्षिणमा पहिले एमाले थिएन, मधेसी  समुदायमा अहिले ओलीप्रति आकर्षण बढ्यो, त्यो भएको हुनाले एमालेले जित्छ भनेर दाबी गर्नुभएको छ नि ? नेपालगञ्जमा एमाले बढेको हो ?

अब ओलीको कति बढेछ, बढेको छैन, त्यसको जवाफ म दिन्नँ । तर पशुपतिजीको बढेको छैन । किनकि उहाँले धेरै पार्टी फेरिसक्नुभएको छ । मलाई लाग्छ, उहाँ ६/७ वटा चुनाव लडिसक्नु भो । अहिले लड्ने भनिरहनुभएको छ । मलाई लाग्छ, उहाँलाई जनताले पचाउन गाह्रो लाग्छ ।  एकपटक हात्तीमा बसेर रिक्सामा बस्न सुहाउँदैन । उहाँका कार्यकर्तालाई नै स्वीकार्न पनि गाह्रो र अन्याय हुन्छ ।

एक्लै लड्दा पनि माओवादीले जित्ने थुप्रै आधार छन् । आफ्नो पहिचान पनि हुन्छ । कार्यकर्ता पनि ठीक बाटोमा हुन्छन् । त्यो हिसाबले हामीले आफ्नो ताकतमा लड्नुपर्छ भन्ने मेरो मान्यता छ ।

के एमालेमा पुराना कार्यकर्ता पनि मेयरका आकाङ्क्षी छन् भन्न खोज्नुभएको ?

विलकुल छन् । हामीले यति धेरै मेहनत गरेका छौँ हामीले स्थान पाउनुपर्छ पनि भनिरहनुभएकै छ । उहाँ एकजना मन्त्रीको सपोर्टमा भोट छ भनिरहनुभएको छ । पशुपतीजी सम्मानित व्यक्ति हो, म आदर गर्छु । तर, उहाँ अझै ठूलो पदमा लडेको भए मान्छेले हेर्ने दृष्टिकोण राम्रै हुन्थ्यो ।

अब म व्यापार संघको अध्यक्ष भइसकेँ, फेरि लड्दा कस्तो मान्नुहुन्छ ? जनताले के भन्छन् ? उहाँ त बाहुन पनि हुनुहुन्छ । हाम्रो वेदको ज्ञाता पनि हो उहाँ । वेदले त हाम्रो यस्तो भन्दैन त..!

काँग्रेसतिर पनि मेयरका दाबेदारहरू धेरै रहेछन् । गठबन्धन गर्नुपर्दा तपाईंँ के भन्नुहुन्छ ?

ठिक छ । त्यो त काँग्रेसले यहाँभन्दा अगाडिको मत पनि हेरोस् ! केन्द्रमा काँग्रेसले प्रधानमन्त्री पाइसकेको छ । हाम्रो माओवादीले प्रधानमन्त्री पाएको छैन । मित्रता त एक–अर्काबीचको सहकार्य, सम्बन्धले हुन्छ । उहाँले ठूलो पद पाइसक्नुभएको छ । त्यो हिसाबले पनि अरू पद त हामीलाई बाँड्नैपर्छ नै । हामी त काँग्रेसलाई राम्रै दृष्टिकोणले हेर्छौँ । हाम्रा अध्यक्ष र देउवा दुवै साना–साना कुराहरूमा पनि मिलिरहेको देखिन्छ नै । मिल्छु भन्ने, थालभरी भात मै खान्छु भन्ने कुरा पनि हुनुभएन ।

एमाले र काँग्रेसले भाउ दिएनन् भने जसपा र माओवादी मिल्दा पनि नेपालगञ्जमा जित्न सकिन्छ भन्ने लाग्छ ? यसबारे पनि केही होमवर्क भएको छ कि ?

मज्जाले जित्न सकिन्छ । मेरो बुझाइ त के छ भने हामीले मज्जाले जित्छौँ । एक्लै लड्दा पनि माओवादीले जित्ने थुप्रै आधार छन् । आफ्नो पहिचान पनि हुन्छ । कार्यकर्ता पनि ठीक बाटोमा हुन्छन् । त्यो हिसाबले हामीले आफ्नो ताकतमा लड्नुपर्छ भन्ने मेरो मान्यता छ । तैपनि, केन्द्रको निर्देशनलाई मान्नुपर्छ । जसपा, माधव नेपालजी र हामी मिलेपछि जित्छौँ । हामी बलियो नै छौँ, अझै बलियो हुन्छौं ।

जित्न त हामी जसरी पनि जित्छौँ नै । दुई मिलेर आएपछि हामी पूर्णरुपले बहुमतले जित्छौँ । भोलि अरू चुनावमा पनि सजिलो हुन्छ ।

पहिले एमालेबाटै मेयरका उम्मेदवार बनेका समसुद्दिन सिद्धिकी अहिले एकीकृत समाजवादीबाट मेयरको दाबेदार हुनुहुँदो रहेछ । तपाईं पनि दाबेदार हुनुहुन्छ । उता जसपाबाट कमरुद्दिन राई पनि दाबेदार हुनुहुन्छ । यो हिसाबले त माओवादी, एकीकृत समाजवादी र जसपा कसरी मिल्लान् ?

त्यो त अब केन्द्रको सिनारियो हेर्नुपर्छ । केन्द्रमा तीनवटै प्रधानमन्त्री (पूर्वप्रधानमन्त्री) भएको गठबन्धन छ । तीनवटैमा त्याग छ नि । एकता गर्ने कुरामा प्रचण्डजीको महत्त्वपूर्ण भूमिका छ । त्यस्तै, यहाँ कुनै अवस्था पर्छ र त्यस्तो समीकरण कुनै पार्टीले गर्छ भने त्योबेला दाबी गर्न त मिल्यो नै । तर, कसलाई माथिका नेताहरूले निर्णय गर्नुहुन्छ, त्यसलाई मान्नुपर्छ ।

तर, तपाईंको मागचाहिँ माओवादीलाई नै मेयर दिनुपर्छ भन्ने हो ?

विल्कुल । माओवादीलाई दिनुपर्छ । जित्ने चान्स पनि हाम्रै हो । ठूलो–ठूलो पद माथिका उहाँहरूलाई दिइसकेको छ । सबै मिलेर जाने नै हो । जबसम्म अलिकति त्यागको भावना राख्दैनौँ, तब न गठबन्धन चल्छ, न प्रदेश, न स्थानीय तह नै ।

नेपालगञ्जमा एमाले र राप्रपाको तालमेलको सम्भावनाचाहिँ कत्तिको देख्नुहुन्छ ?

दुईवटै फुटेका पार्टी हुन् । मिल्ने सम्भावना त मैले देखिनँ । तर, दुवै मिले भने माओवादी यहाँ झन् बलियो हुने देखिन्छ ।

मेरो प्राथमिकता भनेको यो बजारमा आकाशे पुल बनाउने हो । बजारका घरहरू तोडेर, फालेर फराकिलो बनाइयो भने बर्बाद हुन्छ । त्यसो हुनुभन्दा बरु रिङरोड बनाउनुपर्‍यो ।

कसरी ?

त्यसको आधार के छ भने एउटा चुम्बकलाई चिप्कायो भने अलग–अलग बाँडिन्छन् । दुवै पार्टीको विचार नै अलग–अलग छ । कार्यकर्ता नै फरक छन् । यिनीहरुको कहिल्यै एकता भएन । एमाले राम्रो भए त धवलशमशेरले किन छोड्नुहुन्थ्यो ? धवल त शुरुमा एमालेबाटै मेयर हुनुभएको हो । उहाँले मेयर भएपछि पार्टी छाड्नुभएको हो । अब उहाँहरू मिल्दा मलाई लाग्छ झन् समस्या पर्छ ।

धवलजीले मेयर नलड्ने भनिसक्नुभएको छ । राप्रपा यहाँको ठुलै पार्टी हो, मेयरमा लड्ने कोही न कोही त होलान् । अरुको क्वालिटी नराम्रो भन्दा पनि मेरो क्वालिटी राम्रो छ, मेरो कुरामा म ढुक्क छु  ।

तपाइँले क्वालिटी राम्रो छ भन्नुभयो । तर, यहाँ माओवादीकै मान्छेहरू मेयरमा लड्ने ४/५ जना छन् भन्ने सुनिन्छ । पदका लागि  माओवादीभित्रै पनि त अन्तरविरोध होला नि ?

यो अन्तरविरोधभन्दा पनि ठूलोपना हो । पार्टी ठूलो छ, स्वाभाविक नै हो । हाम्रो हैसियत ठूलो छ । हामी तीनजना आकाँक्षी छौँ । तर, हामी छलफल गर्छौँ । पार्टीले यो ठाउँमा कसले चुनाव जित्न सक्छ, त्यही तरिकाले छान्ला । मान्छे नन्दलाल भन्ने को हो नो थिङ ! तर पार्टी भनेको सम थिङ ! पार्टी नै ठूलो कुरा हो । कसले पार्टीलाई जिताउन सक्छ ? यदि यो चुनाव जित्यौं भने भोलि प्रदेश हुँदै केन्द्र पनि जित्छौँ । यहाँको कार्यकारी पद भनेको जनताको बीचमा भिज्ने पद हो । यस कारण यो पद हामीले जित्नुपर्छ भन्ने मेरो भनाइ हो ।

तपाईं नै मेयरमा जिताउनुपर्ने चाहिँ किन नि ?

यहाँ धेरै कुरा गर्नुछ । नेपालगञ्जमा नेताहरूले काम गर्न सकिरहेका छैनन् । एडीबीले साख बचाइदिएको छ । यहाँको बाटोघाटोमा एडीबीले पैसा लगानी गरेको छ । तर, हाम्रा धेरै नेताहरूले त्यसैलाई भजाएर खाइदिएका छन् । तर, एडीबीले पनि जुन गर्नुपर्ने हो, त्यो गरेको छैन ।

मेरो प्राथमिकता भनेको यो बजारमा आकाशे पुल बनाउने हो । बजारका घरहरू तोडेर, फालेर फराकिलो बनाइयो भने बर्वाद हुन्छ । त्यसो हुनुभन्दा बरु रिङरोड बनाउनुपर्‍यो ।

म रोजगारीको वातावरण सिर्जना गर्छु । विदेश जाने युवाहरुलाई यहाँका उद्योगमा रोजगारी सिर्जना गरी राजस्वलाई बढावा दिनसक्यौं भने अर्थ व्यवस्था व्यवस्थित हुन्छ । त्यसैगरी, यहाँको विद्युत्लाई व्यवस्थित गर्नका लागि मेरो पहल रहन्छ । किनकि यसअघि पनि मैले निकै पहल गरेको हो ।

घोषणापत्र पनि बन्छ । जति गर्न सकिन्छ, त्यति नै ट्याक्क–ट्याक्क बनाउने हो । धेरै फटाइँ हानेर बदमासी गर्न चाहन्नँ । अहिले देशमा धेरै फटाइँँगिरी हाबी भएको छ । हात्तीलाई प्लेनमा उडाइदिन्छु पनि भन्छन् । न हात्ती छ, न प्लेन । म यहाँका जनसमुदायको चुनाव पनि लड्छु, व्यापारीहरूको पनि लड्छु । सामाजिक सद्भाव समितिमा भएको नाताले पनि सानो–सानो जनताको समस्यालाई मध्यनजर गर्छु । गरिबहरू अहिले झन् गरिब भइरहेका छन् तिनीहरूको आर्थिक अवस्थालाई कसरी उकास्न सकिन्छ, त्यो महत्त्वपूर्ण कुरा छ । म सरल काम गर्छु भन्ने मेरो सोच छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।