मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता
मुक्तिनाथ विकास बैंक लि.ले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०५ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट,प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैकास्योरेन्स राजेन्द्र पाण्डे,प्रमुख– बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्सी, र अन्य कर्मचारीहरूको उपस्थिति तथा दराज प्रा.लि. को तर्फबाट आधिकारिक सदस्यहरूको उपस्थिति रहेको थियो । बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सीमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०५ वा रु १,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्मीसँग ७६ रनले पछि परे पनि बागमतीद्वारा पाली समाप्तिको घोषणा
-
पर्यटन समितिका सभापति यादव र नेमकिपा सांसद सुवालबिच भनाभन
-
राष्ट्रिय परिचयपत्र विवाद : प्रधान न्यायाधीशसहितको पूर्ण इजलासमा सुनुवाइ हुँदै
-
काठमाडौँमा बलात्कार गरेर फरार युवक सिन्धुलीबाट पक्राउ
-
अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु
-
आर्मीसँग ७६ रनले पछि परे पनि बागमतीद्वारा पाली समाप्तिको घोषणा