बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

बिहीबार, २४ चैत २०७८, ०७ : ४९
बिहीबार, २४ चैत २०७८

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायक घोषित भएका छन् । यही चैत १८ देखि २० गतेसम्म  स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा उनले वेष्ट रेफ्री बन्न सफल भएका हुन्। विश्वका  ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी थिए ।

निर्णायक (रेफ्री) मध्ये उनी उत्कृष्ट घोषित हुन सफल भएका थिए । यसअघि बेल्जियम, फ्रान्स र पाकिस्तानमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप