सशस्त्र प्रहरी निरीक्षक डा आस्था श्रेष्ठलाई सेवाबाट हटाइँदै
बिहीबार, २४ चैत २०७८, ०७ : ४१
गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो ।
उनी १२ फागुनदेखि कार्यालयमा आएकी छैनन् । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ व्यवस्था छ । गृहले श्रेष्ठलाई ७ दिनभित्र सफाइ पेश गर्न पनि भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन
-
सुकिला नोटको वितरण आजदेखि, नयाँ नोट ढुकुटीमै 'सिलप्याक'
-
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
-
अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
-
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
-
‘आपत्तिजनक व्यवहार’का लागि मार्टिनेजलाई प्रतिबन्ध