आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा चेल्सी पराजित, बेन्जेमाको ह्याट्रिक

बिहीबार, २४ चैत २०७८, ०७ : ११
बिहीबार, २४ चैत २०७८

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसँगै ३-१ अन्तरले पराजित भएको छ । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे । 

बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । चेल्सीका काइले खेलको ४०औं मिनेटमा सान्त्वना गोल गरे ।जितपछि रियलले सेमिफाइनल सम्भावना बढाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदानमा १३ अप्रिलमा हुनेछ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप