पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो- तत्काल भाग वा मृत्युको सामना गर

युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेन— खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् । रुसी सेनाले सो क्षेत्रमा हमला तीब्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो अनुरोध गरेकी हुन् । ‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् ।
सरकारको अनुरोधपछि ती ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन् रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो । रुसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजनमा रहेको बताइन्छ ।
यसैबीच, अमेरिकाले रुसी राष्ट्रपतिका दुई वयस्क छोरीहरु र रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसले युद्ध अपराध गरेको आरोप लगाउँदै अमेरिकाले पछिल्लो कदम चालेको हो । त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुचा सहरमा रुसी सेनाले सर्वसाधारणको नरसंहार गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र