शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बायर्न भिल्लारियलसँग पराजित

बिहीबार, २४ चैत २०७८, ०७ : ०४
बिहीबार, २४ चैत २०७८

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे । 

 जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो । खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो । लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् ।  अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा अप्रिल १३ मा  भिल्लारियललाई आतिथ्य गर्नेछ     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप